लक्ष्मण बस्नेत,दाङ,माघ ७ । दंगीशरण गाउँपालिका अन्तर बिधालय स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आइतबार देखि सुरु भएको छ ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र नमुना माध्यमिक बिधालय हेकुलिको संयोजनमा संचालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्की गरेका हुन ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै अर्थमन्त्री मास्किले खेलकुद पश्चिम दाङको पहिचान बन्नु पर्ने बताए ।
खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिकालाई आत्मसात गर्दै पश्चिम दाङको पहिचान स्थापित गर्ने गरि यसको बिकासमा लाग्नु पर्ने उनको भनाई थियो ।
खेलकुद राष्ट्रको सान र गौरवमा मात्र नभई पश्चिम दाङको पहिचान बन्नु पर्छ यसकस लागि प्रदेश सरकारका तर्फ अग्रनी भुमिका रहने उनले बताए ।
उनले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नु पर्ने बताए ।
खेलकुद क्षेत्रबाटै आफ्नो पहिचान स्थापित गर्ने गरि यसको बिकासमा लागि पर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथी लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य संकर गिरिले शिक्षा जत्तिकै लगानी खेलकुदमा हुनु पर्ने बताए ।
खेलकुद सिङ्गो राष्ट्रको पहिचान स्थापित गराउने दरिलो माध्यम हो यसर्थ स्थानिय तहले ग्रामिण स्तर बाटै खेल विकासको स्पष्ट खाँका कोर्न सके खेलकुदको बिकासले गति लिने उनले बताए ।
दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वलि खड्का ,वडा न ६ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक रोषण जंग शाह,वडा न ७ का अध्यक्ष रेशम बहादुर वलि,वडा न ३ का अध्यक्ष सुकलाल चौधरी, बिरेन्द्र नमुना माबी बिधालय ब्यबस्थापन समितिका कार्यबाहक अध्यक्ष बिनोद शर्मा,सिद्ध पृथ्वी माबी श्रीगाउका प्रधानाध्यापक श्रीधर शर्मा,ज्ञानोदय बिधालय ब्यबस्थापन समितिका अध्यक्ष एमएन शाह,जनता माबी बुटुनियाका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष माधव बिक लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
रनिङ शिल्ड मुल समिती सदस्य मनोज केसीको स्वागत रहेको कार्यक्रम उद्घाटन समारोहमा मार्चपास तथा विभिन्न कला संस्कृती, भेषभुषा झल्कने नृत प्रस्तुत गरिएको थियो ।कार्यक्रमको संचालन दंगीशरण गाउँपालिका प्रेस संयोजक प्रमोद आचार्यले गरेका थिए ।
यसैबिच प्रतियोगिता अन्तरगत आज सम्पन्न एथलेटिक्स ट्रयाक तर्फ १०० मिटर छात्र तर्फ माबी श्रीगाउका शिवम् एरि प्रथम,श्रीगाउ लाईफ भिजनका सुनिल चौधरी द्वितिय र बिन्दिबासिनी माबिका प्रेम महतरा तृतिय भए ।
त्यस्तै छात्रा तर्फ बिरेन्द्र माबी हेकुलिका नेत्रा डागी प्रथम, माबि श्रीगाउ का रोषणि सुनार द्वितिय र श्रीगाउ लाईफ भिजनका पार्वती चौधरी तृतिय भए ।
यस्तै १५०० मिटर छात्रा तर्फ बिरेन्द्र माबी हेकुलिका लुमा भण्डारी प्रथम,श्रीगाउ लाईफ भिजनका कमला डागी द्वितिय र ज्ञानोदय माबिका गायत्री बस्नेत तृतीय भए ।
त्यस्तै छात्र तर्फ माबी श्रीगाउका अशोक चौधरी प्रथम,बिरेन्द्र माबी हेकुलिका मेघराज भन्डारी द्वितिय र माबी बुटुनिया अरुण बिश्वकर्मा तृतिय भएको एथलेटिक्स वरिष्ठ प्रशिक्षक पद्मा चौधरीले जानकारी दिए ।
यसैगरी आज पहिलो दिन भलिबल र कबड्डि तर्फका पहिलो चरणका खेल भएका छन् ।
तिनदिन सम्म संचालन हुने प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ८ बिधालयको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तरगत भोलि एथलेटिक्स, कबड्डी र भलिबल छात्र छात्रा तर्फ खेलहरु बिहान १० बजेदेखी सुरु हुने प्रतियोगिताका सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिए ।