तुलसीपुर, माघ ७ । बबई गाउँपालिकाका टीकाराम खत्रीमाथि चक्कु प्रहार पछि फरार रहेको पर्शाराम खत्री पक्राउ परेका छन् ।
बबई गाउँपालिका – २ का ६० बर्षीय पर्शारामले स्थानीय ६५ बर्षीय टीकालाई बाटोमा हिडिरहेको समयमा राति दश बजेतिर बाँया कोखामा चक्कु प्रहार गरेपछि भागेका थिए ।
फरार रहेका पर्शारामलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले घाइते टीकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको जानकारी दिए ।
कोहलपुर मेडिकल कलेजमा उपचारत घाइतेको स्वास्थ्य सुधारउन्मुख रहेको प्रहरीले जानकारी दिएको छ ।
पुरानो रिसिबीका कारण पर्शारामले टीकाराममाथि चक्कु प्रहार गरेको कुरा प्रारम्भीक अनुसन्धानबाट खुलेको डिएसपी पोखरेलले बताए । घटनाबारे थप अनुसन्धान भइ रहेको उनले जानकारी दिए ।