२०८० फाल्गुन १२ गते शनिवार

हलवारमा रक्सीले मातेका श्रीमानले श्रीमतिको हत्या गरे

दाङ, माघ ७ । दाङको हलवारमा रक्सीले मातेका एक ब्यक्तिले रड प्रहार गरि श्रीमतिको हत्या गरेका छन् ।


तुलसीपुर उपमहागनरपालिका – ४ तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले श्रीमति ४२ बर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी पण्डुलेलाई राति नै नियन्त्रणमा लिएको थियो ।


शनिबार राति सवा १० बजेतिर मदिराले मातेका पेण्डुले घर भित्रै श्रीमति लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

पण्डुले श्रीमतिको हत्या पछि आफ्नी श्रीमति हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका थिए । सहयोगका लागि पुगेका दुई छिमेकी माथिपनि पण्डुले रड प्रहार गरि घाइते तुल्याएका थिए ।

घाइते छिमेकी एक युवा र एक महिला भने उपचार पछि राति नै घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *