दाङ, माघ ६ । बर्दियामा जंगली हात्ती र चितुवाको आक्रमणमा परि दुई दिनमा तीन महिला घाइते भएका छन् ।
जिल्लाको मधुवन नगरपालिका – १ दुर्गा नगरकी ५२ बर्षीया सीता थारु र ३१ बर्षीया सुशिला चौधरी जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन् ।
स्थानीय दुर्गा सामुदायिक वनमा दाउरा काट्न भनेर गएका सयमा शुक्रबार दिउँसो पौने तीन बजेतिर जंगली हात्तीले उनीहरु माथि आक्रमण गरेको थियो ।
जंगली हात्तीको आक्रमणबाट सीताको टाउकोमा र सुशिलाको टाउको, छाति र हात खुट्टामा चोट पटक लागेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए । घाइते दुबै जनाको जिल्ला अस्पताल गुलरियामा उपचार जारी रहेको छ ।
त्यस्तै माघ ४ गते दिउँसो मात्रै जिल्लाको बार बर्दिया नगरपालिका – १० की २८ बर्षीया सर्मिला चौधरी चितुवाको आक्रमणबाट घाइते भएकी थिइन । साइकलमा सवार चौधरीलाई चितुवाले बेलुका ६ बजेतिर आक्रमण गरि घाइते तुल्याएको थियो । उनी उपचार पछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।