दाङ, माघ ६ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले काम नगर्ने ठेकेदारलाई कालो सूचिमा राख्ने चेतावनी दिएका छन् ।
जिल्लाको ववइ गाउँपालिका – ५ स्थित जौंवारीको जनश्रम सरस्वति आधारभूत विद्यालयको १८औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री मास्कीले विकासमा विलम्ब गर्ने ठेकेदारलाई कारबाही हुने बताएका हुन ।
तोकिएको समयमा काम पुरा नगर्ने त्यस्ता ठेकेदार र कम्पनीलाई कालो सूचिमा राखिने उनले बताए ।
काम नगर्ने ठेकेदारले गर्दा विकासमा असर परेको हुँदा त्यस्ता ठेकेदारलाई कारबाही गरिने उनको भनाई थियो ।
उनले पश्चिम दाङको विकास भएमा मात्रै दाङका विकास भएको मानिने बताएका थिए ।
त्यसक्रममा जौबारीका ६० जना माओवादी केन्द्रमा पार्टी प्रवेश गरेको उक्त पार्टीले जनाएको छ । नव प्रवेशीलाई मास्कीले स्वागत गरेका थिए ।
प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार