तुलसीपुर, माघ ३ । तुलसीपुरको दमारगाउँस्थित जंगलमा एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका माइजु र भान्जा रहेको खुलेको छ ।
एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेकाहरु तुलसीपुर उपमहानगरपालिका – ३ गोठीखोलाका ३५ बर्षीया बशन्ती थापा र उनका १९ बर्षीय भान्जा तुलसीराम घर्ती रहेको कुरा खुलेको छ ।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले गोठीखोलाका एक जना युवाले उनीहरुको पहिचान गरेका हुन ।
बशन्तीका श्रीमान गोबिन्द थापाले श्रीमति हराएको भन्दै खोजी गरि दिन पुस ९ गते प्रहरीमा निबेदन दिएका थिए ।
शब सडिगली सकेको हुँदा पुस १० गते उनीहरुले तुलसीपुर – १३ दमारगाउँको जंगलमा गइ आत्महत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक मल्लले आशंका ब्यक्त गरे ।
गोठीखोला तुलसीपुर बजारदेखि झन्डै ७ किलोमिटर उत्तरमा पर्छ भने उनीहरु तुलसीपुर बजारदेखि तुलसीपुर – १३ दमारगाउँ झन्डै १३ किलोमिटर दक्षिणमा पर्छ ।,
गाठीखोला राप्ती राजमार्ग अन्तरगत उत्तरको सल्यान सडक खण्डमा र दमारगाउँ सोही सडक खण्डको अमेलिया सडक खण्डमा पर्छ ।
बशन्तीले घर छोडेपछि आफ्नो समाजिक संजालमा स्ट्याटस लेखेकी थिइन । जस्मा गल्ती नहुँदा नहुँदै पनि संसारबाट बिदा हुनुको पीडा बारे सौचौला नि भन्ने कुरा उल्लेख छ ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ । मृतकको शब मुचुल्का तयार पारी प्रहरीले पोष्टमार्टमका लागि तुलसीपुर ल्याउने तयारी गरेको छ ।