दाङ, माघ २ । सुर्खेतमा कुटपिट गरि एक किशोरको हत्या भएको छ ।
जिल्लाको पंचपुरी नगरपालिका – ६ कुवापानीका १८ बर्षीय भरत बुढा आफ्नो घर संगैको बाख्रोको खोर नजिकै गएराति मृत फेला परेका थिए ।
उनको शरिरको बिभिन्न भागमा चोट पटक रहेको प्रहरीले जानकारी दिएको छ ।
अपरिचित ब्यक्तिले कुटपिट गरि उनको हत्या गरेको प्रहरीले बताएको छ ।
कुटपिटबाट भरतकी १५ बर्षीया बहिनी सामान्ने घाइते भएकी छन् । घटना अनुसन्धान गर्न प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ । कुटपिटमा संलग्न ब्यक्तिको खोजी भइ रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार