२०८० फाल्गुन १२ गते शनिवार

रोकेर राखेको ट्रकमा मोटरसाइलक ठोक्किदा एक जनाको मृत्यु

दाङ, माघ २ । बर्दियामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मृतक मोटरसाइकलमा सवार बर्दियाको राजपुर नगरपालिका – ५ बदलापुरका ३५ बर्षीय बिन्द्राप्रशाद चौधरी रहेका छन् ।

चौधरी सवार भे ७ प ६११ नम्बरको मोटरसाइकलसोमबार राति बदलापुरस्थित सडकमा रोकिराखेको ना ८ ख १३८५ नम्बरको ट्रकमा ठोक्किएको थियो । उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल गुलरियामा लगिएको थियो ।

उपचारका क्रममा चौधरीको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *