२०८० फाल्गुन २० गते आइतवार

दाङमा बितेको चार बर्षमा चार सय ६७ जनाको सवारी दुर्घटनामा मृत्यु

दाङ, पुस २९ । दाङमा बितेको चार बर्षमा चार सय ६७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
बितेको चार वर्षमा चार सय ६७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्ले जानकारी दिए ।

दाङमा चालु आर्थिक वर्षको ६ महिनामा सवारी दुर्घटनामा परि ४३ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ देखि चालु आर्थिक वर्षको मंसिर १२ गतेसम्मको तथ्यांकअनुसार दाङमा एक हजार ११ दुर्घटनामा परी चार सय २५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक किरणप्रकाश मल्लले बताए ।


यो बीचमा चालकको लापरवाहीले एउटा , यात्रुको गल्तीले एउटा, ओभरटेक गर्न खोज्दा एउटा, मापसे र यान्त्रिक गडबडीका कारण पाँच वटा, सडकको अवस्थाका कारण दुई वटा र मौसमको अवस्थाका कारण एउटा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख मल्लले बताए ।

तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष २०७५÷०७६ मा एक सय ८४ दुर्घटनामा एक सय चार जनाको मृत्यु भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा एक सय ९३ दुर्घटनामा ७१ जना, आर्थिक वर्ष २०७७÷०७८ मा दुई सय १२ दुर्घटनामा ७७ जना, आर्थिक वर्ष २०७८÷०७९ मा दुई सय तीन दुर्घटनामा ९५ जना, गत आर्थिक वर्षमा एक सय ४८ दुर्घटनामा ५५ जना र चालु आर्थिक वर्षको मंसिर १२ गतेसम्म २३ जनाको मृत्यु भएको थियो ।

त्यस्तै दाङमा शुक्रबार राति भएको वस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । नेपालगंजबाट काठमान्डौका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनाको मुख्य कारण पनि तीव्र गतिलाई मानिएको छ ।

रातको सवा दश बजे तिर अस्थाइ प्रहरी पोष्टमा इन्ट्री गर्नु पर्नेमा बस नरोकि भगाउन खोज्दा भालुवाइ पुलको डिभाइडरमा ठोक्किएर राप्ती नदीमा खस्दा उक्त दुर्घटना भएको पहरी अधिकारीहरु बताउँछन् ।
दुर्घटनाका घाइते धनबहादुर पुनले आँफु सुतिरहेको र बस पुल मुनि पुगेपछि मात्रै थाहाँ पाएको बताए । आफ्नो खुट्टा च्यापिएको हुँदा दुई जना मानिसले आँफुलाई उद्धार गरेको उनले बताए ।


इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले बस चालकले ट्राफिक बिटमा बस नरोकी भागेर जान खोज्दा दुर्घटनामा परेको जानकारी दिए । दुर्घटनाका प्रमुख कारणहरु मध्य रोडको अवस्था, मानिविय त्रुटी र यात्रिन्तक कारणलाई मान्न सकिने उनले बताए ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *