तुलसीपुर, पुस २८ । भालुवाङस्थित राप्ती नदीमा शुक्रबार राति भएको बस दुर्घटनाका १२ जना मृतकको पोष्टमार्टम सुरु गरिएको छ ।
लमही अस्पतालमा १२ जनाको शवको पोष्टमार्टम गर्न सुरु गरिएको हो ।
शव गृह साँघुरो रहेको हुँदा बाहिर टेन्ट टाँगेर पोष्टमार्टम थालिएको लमही अस्पताल प्रशासनले जानकारी दिएको छ । नेपालगंजबाट काठमााडौंका लागि छुटेको भे १ ख ३९१२ यात्रुरुवाहक बस राप्ती गाउँपालिका–१ भालुबाङस्थित पुलबाट राप्ती नदीमा खसेको थियो ।
उक्त दुर्घटनामा परि १२ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका थिए ।
प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार