दाङ, पुस २८ । बस दुर्घटानामा ज्यान गुमाउनेहरु प्रति लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको भालुवाङमा शुक्रवार राति बस राप्ती पुलबाट नदीमा खसेर भएको दुर्घटना प्रति दुःख ब्यक्त गरेका छन् ।
त्यस्ले निम्त्याएको ठूलो जन धनको क्षेतीले मर्माहत भएको उनले उल्लेख गरेका छन् ।
शनिबार शोक बक्तब्य जारी गर्दै मुख्यमन्त्री चौधरीले मृतकहरु प्रति श्रद्धाञ्जली र परिवारजनमा समबेदना ब्यक्त गरेका छन् ।
त्यस्तै मुख्यमन्त्री चौधरीले दुर्घटनामा परी घाइते भएकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमि हुन नदिन सम्बन्धित पक्ष र निकायलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री चौधरीले मध्यरातमा भएको उक्त दुर्घटाा पछि उद्धार र उपचारमा खट्ने सुरक्षाकर्मी, ,स्वास्थ्यकर्मी, स्थानीय र जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् ।
बाँकेबाट काठमााडौंका लागि छुटेको भे १ ख ३९१२ यात्रुरुवाहक बस दाङको भालुवाङमा शुक्रवार राति राप्ती पुलबाट नदिमा खसेको थियो । उक्त दुर्घटनामा परि १२ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका थिए ।