भालुवाङ ,पुस २८ । दाङको राप्ती गाउँपालिकास्थित भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।
बाँकेको नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट राप्ती नदीमा खसेको हो ।
दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको दाङका डीएसपी जनक मल्लले जानकारी दिए । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ ।
मल्लका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन ।
शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । घाइतेलाई उपचारकालागि बुटवल र नेपालगञ्ज पठाइएको छ ।
बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घाइतेहरुको विवरण :
१-काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे , बाँया हातमा चोट
२-काठमाडौं कालीमाटी बस्ने मन्जु शर्मा, बर्ष ३८, आँखामा चोट, मध्यम
३-बाँके, निरञ्जन कोरी, बर्ष २०, बाँयाँ हात र ओठमा सामान्य चोट
४- बाँकेको नेपालगञ्ज बस्ने बर्ष २४ को आशतोष गौतम बाँया हातमा चोट, हाम फालेर बाँच्न सफल
५-रौतहट बस्ने २६ बर्षीय संजय कार्की, निधारमा र आँखामा चोट
६-बाँकेको कोहलपुर बस्ने बर्ष २१ को धनबहादुर पुन मगर, खुट्टा, हात र कम्मरमा चोट
७-भारत बस्ने २० बर्षीय छोटी सिलौटा, सिरियस
८-बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट
९-जुम्लाका १९ बर्षीय विशाल बोहरा, मुखमा चोट
१०- बाँकेका १८ बर्षीय दशरथ विक, हात,खुट्टा र निधारमा चोट
११-बाँकेका १९ बर्षीय नफिज खान, ढाड र कोखामा चोट
१२-डोल्पाका ३५ बर्षीया धनकली बुढा, मुखमा चोट
१३-बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर
१४- समिर नेपाली, चालक
१५-काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, ढाडमा चोट
१६-बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वली, खुट्टामा चोट
१७-बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, ढाडमा चोक, मध्यम
१८- बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, खलासी, दाहिने हातमा चोट
१९- भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर, दाहिने हात भाच्चिएको