२०८० फाल्गुन १२ गते शनिवार

दाङ एक्सपो माघ १२ गतेदेखि


घोराही पुस २७ । चेम्बर अफ कमर्श दाङले घोराहीमा आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० आउँदो माघ १२ गतेदेखि २६ गतेसम्म हुने भएको छ ।

चेम्वरले शुक्रबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस अगाडीको निर्धारित समय विभिद कारणले सार्नुपरेको जानकारी दिएको छ ।

यस अगाडी माघ २५ गतेदेखि एक्सपो हुने भनिएको थियो । चेम्बरका अध्यक्ष विकास अग्रवालले पहिलेको मिति भन्दा १३ दिन अगाडी नै एक्सपो लगाउन लागिएको र यसका लागि तयारी व्यापक बनाइएको बताए ।

चेम्बरका निवर्तमान अध्यक्ष बलदेव योगीले रातदिन नभनेर एक्सपोलाई सफल बनाउन चेम्बर लाग्ने र सबैले साथ सहयोग गर्नेमा आफूहरु विश्वस्त गरेको बताए ।

पत्रकार सम्मेलनमा स्थानीय उत्पादनदेखि कृषिजन्य सामग्रीहरुको स्टल पनि रहने जानकारी गराइएको थियो ।

सो अबसरमा एक्सपोमा स्थानीय कलाकारहरुदेखि केन्द्रका कलाकारहरुको पहिलो चरणको नाम पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *