२०८० फाल्गुन १२ गते शनिवार

अनिल डिसीले घाइते सृजनालाई गरे दश हजार सहयोग

तुलसीपुर, पुस २४ । घोराही उपमहानगरपालिका – १० का अनिल डिसीले टिप्परको ठक्करबाट घाइते भइ उपचाररत एक महिलालाई आर्थिक सहयोग गरेका छन् ।

कृषि बिकास कार्यालयका कर्मचारीसमेत रहेका डिसीले टिप्परको ठक्करबाट घाइते भइ उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं. २ खैरीपुरकी ३३ बर्षीया सृजना गिरीको उपचारमा सहयोग पुगोस भनेर घरमै पुगी नगद दश हजार आर्थिक सहयोग गरेका हुन ।


तुलसीपुर–हापुरे सडकखण्ड अन्तर्गत भमकेखोला पुल नजिकै परालको भारी बोकेर हिँडिरहेकी सृजनालाई २०७८ मंसिर २ गते बेलुकी पख ना १ ख ९१०५ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।
हालसम्म उनी हिड्डुल गर्न सक्दिनन् ।


तर, उपचार बाट तंगिदै गरेकी सृजना आज ह्विल चियर र वाकरको साहेतताले पनि घर आसपासमा यता उता हिड्न सक्ने भइ सकेकी छन् । अझैं एउटा खुट्टाको चुरी गाँठो नेरबाट उनको खुट्टा अप्रेसन गर्नुपर्ने चिकित्सकले सल्लाह दिदै आएका छन् ।

त्यो अप्रेसनपनि गर्न पाए सृजनाको जीवन थप सहज हुन सक्ने चिकित्सकले सल्लाह दिदै आएका छन् । तर, कमजोर आर्थिक अवस्थाका कारण सृजनाको परिवारले चिकित्सकको सल्लाह अनुसार उपचार खर्चको जोहो गर्न सकिरहेको छ्रैन । त्यो कुरा थाहाँ पाएर मानविय नाताले सहयोगको भावना राखेर आँफुले सानो सहयोग गरेको अनिल डिसीले बताए ।

सृजनाका ३६ वर्षीय पुष्कर गिरीका अनुसार हालसम्म बिभिन्न अस्पतालमा उपचार गराउँदा ५२ लाख जति खर्च भइ सकेको छ । श्रीमति सृजनाको उपचारका गर्न उनले हालसम्म तीन कठ्ठा जग्गा बेचि सकेको बताए ।

ठक्कर दिने टिप्पर साहुबाट हालसम्म १२ लाख रुपैंया जति मात्रै उपचार खर्च पाएको र अन्य उपचार खर्च उपलब्ध गराउने बारे वेवास्ता गर्दै आएको पुष्करले बताउँछन् ।

‘ टिप्पर धनी भरतपुर चितवनका हुन,’ पुष्करले भने ‘ उनी सम्पर्कमै नआएपछि श्रीमति बचाउन मैले जग्गा बचेर भएपनि बिगतमा औषधी गरे तर अब उपचार गर्ने पैंशापनि छैन ।’

प्रहरी प्रशासनलाई गुहार्दा पनि टिप्पर धनी सम्पर्कमा नआउने गरेको हुँदा श्रीमति सृजनाको उपचारमा समस्या भइ रहेको उनले बताए ।

सृजनाका श्रीमान पुष्करले यस्तो अवस्थामा सबैले मानविय नाताले सक्दो सहयोग गरि दिन आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *