२०८२ असार १ गते सोमवार

मानव सेवा आश्रमको भवन निमार्ण गर्न महायज्ञ सञ्चालन हुने


तुलसीपुर, पुस २३ । दाङको तुलसीपुरमा मानवसेवा आश्रमको भवन निर्माणार्थ श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । आउँदो माघ १३ गतेदेखि सञ्चालन हुने श्रीमद्भागवत महायज्ञ सञ्चालनको बारेमा सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

सहयोगापेक्षी सडक आश्रीत मानव र कष्टकर जीवन बिताइरहेका व्यक्तिहरुका लागि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ लगाउन थालिएको महायज्ञ मुल आयोजक समितीले जनाएको छ। मानवताको कुनै सिमा हुँदैन भन्ने मुल भावनाका साथ महायज्ञ सन्चालन गर्न लागिएको मुल आयोजक समितिले बताएको छ।

महायज्ञ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा हुने मुल आयोजक समितीका संयोजक डिल्ली बहादुर बस्नेतले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका(४ हलवार स्थित कालिकामालिका मन्दीर ब्यबस्थापन समितिले मानवसेवा आश्रमको भवन निर्माणका लागि १ विगाह २ कठ्ठा जग्गा उपलब्ध गराएको छ ।

महायज्ञबाट ५ करोड आन्दानी गर्ने आयोजकको लक्ष्य छ । त्यसका साथै उक्त स्थानमा मानवसेवा आश्रमको मानवीय स्मारक निर्माण गर्ने आयोजकले बताएको छ । दाङ जिल्लालाई महायज्ञसंग जोड्ने उदेश्य सहित तुलसीपुर,घोराही,लमही ,भालुवाङ लगायतका क्षेत्रमा क्षेत्रगत ९ जना सह(संयोजकहरु मनोनयन समेत गरिएको मानवसेवा आश्रमका महासचिव शुशिला केसीले जानकारी दिइन् ।

महायज्ञ सन्चालन गर्नुपुर्व माघ ७ गते मानवसेवा आश्रमको मानवीय स्मारकको शिलान्यास लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गर्ने भएका छन् । यसैगरी महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको केसीले बताइन् । श्रीमद्भागवत ज्ञानविज्ञानको कथा वाचकमा भागवत् भास्कर श्रद्धेय गुरु कमलनयन गौतम रहेका छन् ।

२०८२ सालसम्म नेपालाई सहयोगापेक्षी सडक मानव मुक्त देश बनाउने उदेश्यले २०६९ भदौ १३ गते हेटौडामा मानव सेवा आश्रम स्थापना भएको थियो । हाल देशभर १९ जिल्लाका २४ स्थानमा सेवाकेन्द्र सञ्चालन भएको छ । दाङमा भने २०७८ बैशाख ३ गतेदेखि भाडाको घरबाट मानवसेवा आश्रम सञ्चालन भएको छ ।

हाल आश्रममा ७५ जना आश्रित छन् । हालसम्म आश्रमले ३५० बढी सडक आश्रितलाई उद्धार गरि ४३ जनाको पारिवारिक पुर्नमिलन भएको छ भने १९ जनाले आश्रममा प्राण त्याग गरेका छन् । श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार उपसिमितिका संयोजक सुशील बस्नेतले गरेका थिए।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *