२०८२ असार ४ गते बिहिवार

सहकारीबाट ६ लाख बढी रकम चोरी

शिवु खनाल,देउखुरी, पुस २३ । लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख २७ हजार ७ सय ४५ रुपैँया चोरी भएको छ ।

लकरभित्र राखेको उक्त रकम आइतबार राति चोरी भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिए ।

चोरले गोदाम घर फोडेर पनि चेकजाँच गरेको छ । प्रहरी अनुसार सबै कोठाका दराज फुटाइएको छ ।

सहकारीको कागजपत्र भने सबै सकुशल रहेको छ । प्रहरीले अहिले घटना स्थलमा पुगेको भने अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *