२०८२ जेष्ठ ३० गते शुक्रवार

बँदेलको आक्रमणबाट एक बालक घाइते


सल्यान, पुस २२। सल्यानमा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् ।

बँदेलको आक्रमणबाट सिद्धकुमाख गाउँपालिका-५ दहगाउँका १४ वर्षीय सन्दीप विक घाइते भएका हुन् ।

घरनजिकै जंगलमा बाख्रा चराउन गएको बेला उनलाई शनिबार बेलुका बँदेलले आक्रमण गरेको थियो ।

घाइते बालकको कामना अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

बालकको बाँया खुट्टा र हातमा गहिरो चोट लागेको छ ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *