२०८२ असार ६ गते शनिवार

भ्यानको ठक्करबाट एक साइकल यात्रुको मृत्यु


दाङ,पुस २१ । नेपालगन्जबाट राजापुर तर्फ गइरहेको भे१ज १३३७ नम्बरको यात्रुवाहक भ्यानको ठक्करले एक साइकल यात्रुको मृत्यु भएपछि मधुवन नपा–३ ओरालीबजार तनाव भएको छ ।

कोठियाघाट राजापुर हुलाकी सडक खण्डको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरमा उक्त भ्यानले ठक्कर दिँदा साइकल यात्रु मधुवन नपा–३ का ५४ वर्षीय नोके दमाईको मृत्यु भएको हो ।

प्रहरीले भ्यानसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तिलकराम अर्यालले जनाए ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *