
तुलसीपुर,पुस २० । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष यमराज केसीलाई पत्नी शोक परेको छ ।
उनको पत्नी पुष्पा केसीको ४३ वर्षको उमेरमा शुक्रबार बिहान ४ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि क्यान्सरबाट पिडित केसीको अल्पआयुमै निधन भएको हो ।
उनको आजै शितलपुर घाटमा अन्त्येष्टी गरिने भएको छ ।
केसीको निधनप्रति विभिन्न व्यक्ति तथा संघसंस्थाले दुख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।
प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार