घोराही, पुस १९ । लुम्बिनी फुटवल एकेडेमी घोराहीले आयोजना गरेको अन्तरविद्यालय स्तरिय फुटबल प्रतियोगिताको फाइनलमा बिहीबार घोराहीको जनज्योति विद्यामन्दिर र प्रहरी बोर्डिङबीच प्रतिष्पर्धा हुने भएको छ ।
तुलसीपुरस्थित दुधराशको रंगशालामा आयोजित प्रतियोगिताको फाइलनमा बिहीबार दिउँसो १ बजे जनज्योति र प्रहरी बोर्डिङ भिड्न लागेको लुम्बिनी फुटबल एकेडेमीका अध्यक्ष समिर वलीले जानकारी दिए ।
फाइनल यात्रा तय गर्नका लागि जनज्याति विद्यामन्दिरले तुलसीपुरस्थित आइडियल बोर्डिङ स्कूललाई पेनाल्टी सूट आउटमा हराएर फाइनल यात्रा तय गरेको थियो ।
यसैगरी प्रहरीले तुलसीपुरकै शान्तिदिपलाई २ का बिरुद्ध ३ गोलले सेमिफाइनलमा हराएर फाइनल प्रवेश गरेको हो ।
लुम्बिनी फुटवल एकेडेमि घोराहीको आयोजना, दाङ फुटबल संघको अनुमति एवं संयोजन र न्यू स्टार एफए घोराही–१० को व्यवस्थापनमा आयोजित प्रतियोगितामा दशकक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
फाइनल खेलको सहभागिताका लागि लुम्बिनी फुटबल एकेडेमिले सबैमा अनुरोध गरेको छ ।
फाइनल खेलमा प्रमुख अतिथिकारुपमा दाङ युवा मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष, पूर्व फुटबल खेलाडी सविन प्रियासनसहित विभिन्न अतिथिहरुको समेत सहभागिता
रहनेछ ।
त्यसैगरी नव निर्वाचित समितिको उपाध्यक्षमा बाँकेका शिव शंकर रोका, प्यूठानकी हिमा भण्डारी र रूपन्देहीका डिलुराम तिवारी चयन भएका छन् ।
त्यसैगरी महासचिवमा पाल्पाका सुरेश प्रसाद गौतम, उपमहासचिवमा रुकुम पूर्वका घनश्याम दहाल , सचिवमा कपिलवस्तुका शान्ता पोख्रेल, कोषाध्यक्षमा नवलपरासीका भविश्वर चापागाईँ र सह कोषाध्यक्षमा गुल्मीका रूपा गौतम चयन भएका छन् ।
त्यसैगरी १२ जिल्लाबाट एक एक जना सदस्य र महिला सदस्यमा ४ जनालाई चयन गरिएको छ ।