२०७७ कार्तिक ९ गते आइतवार

आधुनिक बन्न सकेन्न सिनेमा हलहरु

यमकला भुसाल,
तुलसीपुर, जेठ ७ । चलचित्र हल आधुनिकतामा जान नसक्दा दर्शकहरु हलसम्म पुग्न नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । चलचित्र पत्रकार संघ दाङले आज तुलसीपुरमा गरेको कार्यक्रमका सहभागीले चलचित्र हेर्ने दर्शक बढ्दै गएपनि हल आधुनिकतामा जान नसकेको बताएका छन् । कार्यक्रममा निर्माता निर्देशक तथा कलाकार मुनाल घिमिरेले दाङका चलचित्र प्रदर्शन हुनेहलको प्रविधिमैत्री र आधुनिकतामा लैजानुको विकल्प नभएको बताए । उनले आफुहरु चलचित्र राम्रो भएपनि हलकै कारण दर्शक बढ्न नसकेको बताए ।

उनले दर्शकको चाहाना अनुसार चलचित्र प्रदर्शन हुने हल पनि राम्रो हुनुपर्ने बताए । कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले चलचित्रको व्यापारमा राज्यको नीति स्पष्ट हुनुपर्ने धारणा राखे । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिपक कुमाल, साहित्यकार लोकराज पराजुली, राप्ती पोष्ट राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक शरद अधिकारी, पत्रकार दुर्गालाल केसी, रिर्पोटस क्लबका अध्यक्ष शरद रेग्मी ,निमा चलचित्र हलका म्यानेजर प्रकास थापा , बिष्णु चलचित्र मन्दीरका संचालक रमेश पोखरेल,निर्माता सन्दीप भुसाल लगायतले दर्शकलाई चलचित्र हलसम्म लैजान चलचित्र र फिलिम हलको गुणस्तरतामा जोड दिनुपर्ने बताए ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धु्रबराज न्यौपानेको अध्यक्षता तथा चलचित्र निर्माता निर्देशक घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । संघका कोषाध्यक्ष शिब पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव सन्तोष केसीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *