तुलसीपुर , पुस १७ । बालकको मृत्यु पछि अबरुद्ध पारिएको तुलसीपुर – घोराही सडक खण्ड राति ११ बजेपछि खुलेको छ ।
पीडित पक्ष, यातायात ब्यबसायी र प्रहरी प्रशासनका बीचमा दुधरासमा भएको वार्तामा सहमति कायम भएपछि सडक खण्ड खोलिएको हो ।
लामो छलफल पछि पीडित पक्ष शब सडक खण्ड खोल्न र शब बुझ्न सहमत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा रहेको बालकको शब पोष्टमार्टम पछि आज आफन्तले बुझ्ने भएका छन् ।
तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्वरको बसले सोमबार बेलुका तुलसीपुर उपमहानगरपालिका – १८ दुधरासमा ठक्कर दिदा तुलसीपुर – १७ झिगैंका ८ वर्षीय सागर चौधरीको घटना स्थलमै मृत्यु भएको थियो ।
जनकल्यान मावि दुधरासमा कक्षा ३ मा अध्यनरत बालक चौधरी बिद्यालय बिदापछि घर तर्फ जान हिडिरहेको समयमा बसको अगाडिको टायरले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना पछि आक्रोसित बिद्यार्थीले ठक्कर दिने बस र प्रहरीको गाडीसमेत तोडफाड गरिदिएका थिए ।
उनीहरुले तुलसीुपर–घोराही सडक खण्डपनि अबरुद्ध पारेका थिए । स्थिति तनाबग्रस्त बनेपछि दुधरासमा झन्डै एक सय बढी प्रहरी परिचानल गरिएको थियो ।