२०८२ असार १ गते सोमवार

ब्लु हाउसलाई गोरखा रनिङ शिल्ड


लक्ष्मण बस्नेत,तुलसीपुर,पुस १६ । गोरखा ईन्टर हाउस खेल सप्ताह २०८० को बिजेता ब्लु हाउसले गोरखा रनिङ शिल्ड जितेको छ ।

गोरखा माबी तुलसीपुरले आफ्नो वार्षिक क्यालेन्डर अनुसार आयोजना गरेको खेल सप्ताहमा १४ स्वर्ण, १२ रजत र ५ कास्य पदक हात पार्दै ब्लु हाउसले गोरखा रनिङ शिल्ड जितेको हो ।

त्यस्तै रेड हाउसले १० स्वर्ण,१२ रजत र ५ कास्य पदक हात पार्दै द्वितिय हुदा ग्रीन हाउस ४ स्वर्ण,७ रजत र ११ कास्य पदकका साथ तृतिय भयो । त्यस्तै एल्लो हाउस ४ स्वर्ण,७ रजत र ८ कास्य पदक हात पार्दै सान्त्वना भएको गोरखा माबी तुलसिपुरका प्रधानाध्यापक बिजय जिएमले जानकारी दिए ।

यसैबिच भलिबल, फुटबल, एथलेटिक्स लगाएतका बिधामा एक साता सम्म संचालन भएको खेल सप्ताहको आइतबार भब्य समारोहका बिच समापन गरिएको छ ।

कार्यक्रमको समापन समारोह गोरखा ग्रुपका अध्यक्ष तथा माबी गोरखाका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा न १९ बाहिनी अड्डाका बाहिनीपति लेफ्टिनेन कर्नेल घनश्याम भट्टराईको प्रमुख आतिथ्य एवं गोरखा ग्रुपका उपाध्यक्ष विष्णु घर्तिमगर र दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुब आचार्यको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथि लगाएतले बिजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

गोरखा ग्रुपका शैक्षिक निर्देशक दुर्गा बहादुर केसिको स्वागत रहेको कार्यक्रममा बिधालयका खेलकुद संयोजक मोहन सुनारले बिधालयले खेलकुदका क्षेत्रमा गरेको लगानी र हाल सम्म हासिल गरेको उपलब्धिका बारेमा प्रकास पारेका थिए ।

गोरखा माबी तुलसीपुरका प्राबी संयोजक कमल भन्डारीले संचालन गरेको कार्यक्रममा विभिन्न भेषभुषा,कला संस्कृती, झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *