२०८२ असार ६ गते शनिवार

पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङको अध्यक्षमा केशवराज सुवेदी


तुलसीपुर, पुस १४ । पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङको अध्यक्षमा केशवराज सुवेदी चयन भएका छन

समितिको शनिबार तुलसीपुरमा भएको २५ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष आचार्य, उपाध्यक्षमा तीर्थ बहादुर डाँगी र कमल बहादुर खड्का, सचिवमा प्रेम प्रकाश डिसी, कोषाध्यक्षमा ताराप्रसाद चुडाली, सहसचिवमा अनिल पौडेल चयन भएका छन ।

यस्तै सदस्यहरुमा रमेश शर्मा, ढुण्डीराज वली, गंगामणी डाँगी, डिल्लीराज रिजाल, सुवणर्मान चौधरी, मालता केसी, बिष्णु बहादुर अधिकारी, मानबहादुर वली र सुशील खनाल चयन भएका छन ।

यस्तै लेखा समिति संयोजकमा गणेश कुमार न्यूरे, सदस्यमा दिलिप खड्का, देवीराम पोखरेल चयन भएका छन ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *