लक्ष्मण बस्नेत
तुलसीपुर, ७ जेठ ।
दाङ जिल्ला टेवल टेनिस संघले गोरखा मावि तुलसीपुरलाई टिटि बोर्ड प्रदान गरेको छ । संघले मंगलबार गोरखा माविका प्रिन्सिपल विजय जिएम, खेलकुद संयोजक मोहन सुनारलगायतको गोरखा टिमलाई जापानी प्रविधिबाट निर्मित स्टेग कम्पनीको दुई लाख पचास हजार बराबरको टिटि बोर्ड प्रदान गरेको हो ।
विद्यालयस्तरबाट टेवल टेनिस खेलको विकास र विस्तार गर्ने उद्देश्य राखेको संघले खेल पूर्वाधार विकासमा लगानी र गतिविधिका माध्यमबाट जिल्लामा अब्बल रुपमा आफूलाई प्रस्तुत गर्दै आएको गोरखा माविलाई टिटि बोर्ड प्रदान गरिएको संघका अध्यक्ष सिताराम शर्माले बताए । गोरखा माविले एथ्लेटिक्स, फुटबल, क्रिकेटलगायतका खेलमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गरिसकेको छ, खेल विकासमा यसको भूमिका उच्च छ, अब टेवल टेनिस खेलमा पनि राष्ट्रिय खेलाडी उत्पादन हुनुपर्छ भन्ने मान्यताका साथ टिटि बोर्ड प्रदान गरेका छौँ शर्माले भने ।
गोरखा माविका प्रिन्सिपल विजय जिएमले खेल विकासको हाम्रो सोंचमा संघले पु¥याएको सहयोगले थप उर्जा प्रदान गरेको बताए । उनले संघले हाम्रो विद्यालयप्रति देखाएको माया र विश्वासले प्रभावकारी खेल गतिविधिको अभियानलाई अझ उचाईमा पु¥याउने प्रतिवद्धतासमेत व्यक्त गरे । खेल संयोजक मोहन सुनारले विद्यालयको पूर्ण खेलमैत्री भावनामा संघको सहकार्यले थप हौसला प्रदान गरेकाले सिङ्गो दाङ जिल्ला टेवल टेनिस संघप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा दाङ जिल्ला टेवल टेनिस संघका उपाध्यक्ष ऋषिराज लहरे (अरुण), टेवल टेनिस सहायक प्रशिक्षक केशवप्रसाद श्रेष्ठ, संघका सदस्य तथा खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जिसी, विज्ञान सङ्काय संयोजक विष्णु भण्डारी, शिक्षक पूर्ण विक्रम डाँगी, बामदेव सापकोटालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कमल भण्डारीले गरेका थिए ।