तुलसीपुर, पुस ११ । नेपाल चार्टर एकाउण्टेन्स संघ (ऐक्यान) का पूर्वअध्यक्ष सिए भरत रिजालले नेपालको ब्यापार तथा अर्थतन्त्र भारत र चीनमा निर्भर भएको हुँदा घरेलु कुरा मिलाउनुका साथै ती देशहरु संग राजनीति तथा ब्यापारपनि मिलाउन जरुरी रहेको बताएका छन् ।
रिपोटर्स क्लव नेपालले मंगलबार तुलसीपुरमा आयोजना गरेको ब्यबसायी संग अर्थसम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै सिए रिजालले ७९ प्रतिसत आयात भारत र चीनबाट हुने हुँदा बढ्दो ब्यापार घाटा सन्तुलन गर्न जरुरी रहेको औंल्याए ।
मुलुकको ६० प्रतिसत जनसंख्या कृषिमा निर्भर रहेपनि राज्य तथा निजी क्षेत्रले कृषिको आधुनिकरणमा दिनुपर्ने जति चासो नदिदा कृषिमा चाहेजति उत्पादन नहुनुले पनि देशको आर्थतन्त्र कमजोर बनेको उनको तर्क थियो ।
अर्कौ तर्फ अधिकाँस ठूला उद्योगी ब्यापारीले राज्यलाई कर नतिरी ब्यूरोक्रेसी, मन्त्री तथा प्रधानमन्त्रीलाई गुहार्ने जस्ता प्रबृतिले राज्यको अर्थतन्त्र कमजोर बनेको सिए रिजालले बताए ।
‘आफ्नो उद्योगलाई हैन ठूला नेता गुहारेल जसरी हुन्छ मलाई जोगाइदेउ भन्ने प्रबृतिले देशको अर्थतन्त्र कमजोर बनेको हो,’ कानुन भन्दा माथि कोही नहुने हुँदा त्यस्तालाई कारबाही नगर्दासम्म देशको अर्थतन्त्र सुधार हुन कठिन हुन्छ।’
एनसिएलको दफा संचालन वाला इश्युमा अर्वौंको केश पेन्डिमा रहेको भन्दै सिए रिजालले त्यो डिसिजन भएको दिन एनसियल पैंशा तिर्न बाध्य हुने भएपनि कुनैपनि न्यायाधीसले त्यो केशको सामना नगरी पेशी सारिहनु बदमासी भएको तर्क गरे । फैसला पछि एनसिएलको ८२ अर्ब, एफपियो र मर्जनको २२ अर्ब, एनइयोको डिउज २२ अर्ब, आइएसपी वालाहरुको २२ अर्व संकलन भए अहिलेको आर्थिक मन्दी सल्टिन सक्ने औंल्याए ।
आँफुले गरेका ब्यथितिहरु सार्वजनिक नहुन भनेरै अझैं थप अरु ६ महिना सम्म सत्तासिन राजनीतिक दलहरुले महालेखा परीक्षक न्युक्त गर्नेमा उनले आशंका ब्यक्त गरे ।
अर्थतन्त्र सुधारका लागि देशमै आशाको संचार गरि बिदेश जाने लहर रोक्न आवश्यक रहेको पनि उनले बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले उद्योगी ब्यबसायी संग मिलेर अहिलेको आर्थिक संकट टार्न आँफुहरु तयार रहेको बताए । दुई लाख रोजगारी सृजना गर्ने, साना तथा मझ्यौला उद्योगहरु स्थापना गर्ने, कृषि, पर्यटनको बिकासमा प्रदेश सरकारले ध्यान केन्द्रित गर्दै लैजाने नीति लिएको बताए ।
त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले लुम्बिनी प्रदेशका २५ वटा सिमेन्ट उद्योग मध्य चार वटा संचालनमा रहेको र उनीहरुको बिद्युत लाइनपनि काटिएको हुँदा ब्यापारी निशार रहेको बताए ।
अहिले निर्वाचन आए जस्तै गरि मिसन ०८४ नचाहिएको भन्दै उनले उद्योगी ब्यबसायी सकिनु भनेको देश नै टाट पल्टिने संकेत भएको हुँदा त्यो सुधारमा लाग्न आग्रह गरेका थिए । उनले चर्कौ ब्याजदर घटाउन भूमिका खेल्न तथा कपिलबस्तु र दाङको भन्सार नाका, सुचारु गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्लाका बिभिन्न उद्योग बाणिज्य संघका नेताहरुले आफ्नो ठाउँको ब्यापार र ब्यापारीको अवस्थाका बारेमा मनतब्य ब्यक्त गरेका थिए । बिदेश पलाएनले उपभोक्ता नभएको, भएकाको क्रय शक्ति नरहेको, ब्यापारी बिदेश पलाइन हुने क्रम बढेको भन्दै त्यो रोक्नका लागि भूमिका राज्ले खेल्न नसकेको बताएका थिए ।