२०८३ कार्तिक २५ गते मङ्गलवार

दाङमा क्रिसमस डे धुमधामका साथ मनाउँदै


घोराही, पुस ९ । दाङमा आज क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे धुमधामका साथ मनाउँदैछ।

आज दाङका चर्चहरुमा क्रिसमसका अवसरमा संगतिका साथै संस्कृतिक कार्यक्रम र क्रिसमस भोजको आयोजना गरिएको दाङ जिल्ला ईसाई समुदायका अध्यक्ष सन्तबहादुर घर्तिले बताए ।

यसवर्ष अघिका वर्ष जस्तो ¥याली तथा सबै एकै ठाउँमा जम्मा भएर क्रिसमस नमनाएको तर सबैले आआफ्नो चर्चहरु विशेष उत्सवका साथमा क्रिसमस मनाईरहेको उनले जानकारी दिए ।

दाङ जिल्ला ईसाई समुदायका सचिव सुभाष नेपालीका अनुसार जिल्लामा तिन सयको हराहारीमा चर्चाहरु रहेका छन् ।

ति चर्चहरुमा पुस १ गतेदेखी नै विविध कार्यक्रम गरेर क्रिसमस मनाउन सुरु भैसकेको छ । आज क्रिसमसको मुख्य दिन भएकाले जिल्लाका अधिकांश चर्चाहरुमा सांस्कृतिक कार्यक्रमका साथै क्रिसमस भोजको आयोजना गरिएको छ ।

घोराही १५ भरतपुरमा रहेको जिल्लाकै पुरानो चर्च प्रतापी चर्चमा आज सोमबार विहान ११ बजेदेखी कार्यक्रम सुरु हुने चर्चका वरिष्ठ पाष्टर नरबहादुर शाहले जानकारी दिए ।

अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनका अनुसार मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा ईस्वी संवत् चलाइएको विश्वास गरिन्छ।

क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज चर्चहरुमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।

क्रिसमसमा येशुको शिक्षा एवम् उपदेशको मनन गर्नुकासाथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *