२०८३ भाद्र १२ गते शुक्रवार

पश्चिम दाङका तीन नदी तथा खोलाको कटान रोक्न टेण्डर


तुलसीपुर,पुस ९ । पश्चिम दाङका तीन नदी तथा खोलाको कटान रोक्ने कार्यकालागि प्रक्रिया अघि बढेको छ ।

बबई नदीसहित पातुखोला र ग्वारखोलाको नदी कटान रोक्नकालागि टेन्डर भएको छ ।

लुुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले बिनियोजन गरेको बजेटबाट जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय दाङले टेण्डर आह्वान गरेको हो ।

जसमा तुलसीपुर १३ बखरिया क्षेत्रमा पर्ने बबई नदीको बाँया तर्फ ५ सय ७५ मिटर र दाँया तर्फको २सय ७२ मिटर तटबन्ध हुनेछ ।

त्यस्तै तुलसीपुर १२ तर्फको उत्तर दाँया तिर २ सय ७२ मिटर तटबन्ध हुनेछ ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *