२०७७ कार्तिक १४ गते शुक्रवार

मालपोतको सेवा प्रभावकारी बनाउन तरुणदल र नेविसंघको माग (भिडियो सहित)

दाङ, जेठ ५ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले मालपोत कार्यालय तुलसीपुरको सेवा प्रवाहमा भएको ढिलाई वारे ज्ञापन पत्र बुझाएका छन् । तरुण दलका जिल्ला अध्यक्ष टिकारामा घर्ती, नेविसंघका कार्यबहाक अध्यक्ष टोपबहादुर बुढाथोकी र राप्ती बबई क्याम्पसका स्ववियु सभापति अनिल कार्कीले आइतवार संयुक्तरुपमा कार्यालय प्रमुख नरेशकुमार खड्कालाई जनतावाट आएको गुनासो तत्लका सुधार्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।

तरुण अध्यक्ष घर्तीले एक महिना अगाडि मालपोत कार्यालय तुलसीपुरमा अनलाईन सेवा सुरु भएपछि समयमै काम नभएको व्यापक जनगुनासो आएको हुँदा त्यो गुनासो सम्वोधन गर्न आफुहरु ध्यानाकर्षण गराउन आएको ज्ञापन पत्र बुझाउने क्रममा बताएका थिए । कतिपय सेवाग्राहीवाट १५सयदेखि १५ हजारसम्म रकम मागेको भन्ने गुनासोपनि सुन्नमा आएको हुँदा काममा भइरहेको ढिलासुस्ती र भ्रष्टचार न्यूनिकरणमा भूमिका खेल्न घर्तीले आग्रह गरेका थिए ।

जवाफमा मालपोत कार्यालय तुलसीपुरका प्रमुख खड्काले सेवाग्राही वाट रकम मागेको भन्ने कुरा सरासर झुट भएको भन्ने प्रतिवाद गर्दै यदी कुनैपनि कर्मचारीले त्यस्तो गरेको भए प्रमाणसहित दिए तत्काल कारवाहीको लागि प्रक्रिया बढाउने उनले आश्वासन दिएका थिए । कर्मचारीको अभाव रहेको मालपोत कार्यालयमा अनलाईन सेवा सुरु गर्दा सुरुका दिनहरुमा विभिन्न प्रविधिक कारणले काममा केही ढिलासुस्ती भएको स्वीकार गर्दै कार्यालय प्रमुख खड्काले अब भने त्यो क्रमिक रुपमा सुधार हुँदै जान थालेको बताए ।

‘हामी विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म पनि खटेर काम गरेका छौं,’ खड्काले भनेटेर काम गरेका छौं,’ खड्काले भने‘ त्यो हाम्रो प्रयास जनतलाई कसरी छिटो छरितो सेवा दिन सकिन्छ भन्नकै लागि हो । तर, दरबन्दी अनुसार जनशक्ति नहुँदा केही समस्या भएको सत्य हो।’ कार्यालय प्रमुख खड्काले दैनिक रुपमा कर्मचारीपनि नयाँ प्रवृधिसंग अभ्यस्त हुँदै गएको हुँदा सेवा प्रवाहपनि छिटो बन्दै गएको बताए ।

अनलाईन सेवा सुरु गर्दा तत्कालका लागि केही कठिनाईहरु झेल्नु परेको भएपनि भविस्यमा भने त्यसले सुरक्षाको ग्यारेन्टी हुने खड्काको कथन थियो । सीमित कर्मचारी र स्रोत साधनका बीचमा कामगर्नुपर्ने बाध्यता रहेको बताएका कार्यालय प्रमुख खड्काले द्धन्दकालामा जलेका श्रेस्ताहरु मध्य कतिपयमा एउटै श्रेस्ता दुईवटा व्यक्तिको नाममा समेत रहेको हुँदा नयाँ प्रविधि अनुरुप कामगर्न केही विलम्ब भइरहेको स्वीकार गरे ।

मालपोत कार्यालय तुलसीपुरको कार्यक्षत्र भित्र तुलसीपुर उपमहानगरपालिका, दङ्गिशरण गाँउपालिका, शान्तिनगर गाँउपालिका र बबई गाँउपालिकाका पर्दछन् । मालपोत कार्यालय तुलसीपुरमा गत बैशाख ४ गतेदेखि अनलाईन सेवा सुरु गरेको थियो । त्यसयता सयममै काम नहुँदा सेवाग्राहीहरुको कार्यालयमा बाक्लो उपस्थिति हुने गरेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *