तुलसीपुर,पुस ६ । दाङ तुलसीपुर स्थित डिभाईन टेम्पल एकाडेमीले विद्यालयमा अध्यनरत किशोरीहरुलाई आत्मरक्षा अर्थात (self defence) तालिम दिन सुरु गरेको छ ।
४ दिन सम्म संचालन हुने तालिमको बिहिवार एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको हो।
औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिका उप मेयर स्यानी चौधरीले विद्यालयले यस प्रकारको कार्यक्रम गरेर किशोरीहरुलाई न्याय दिएको भन्दै प्रसम्शा गरिन ।
कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रिय सदस्य प्रकाश शर्माले यो कार्यक्रमले किशोरीहरुलाई अगाडि बढन र आफू सुरक्षित रहन सिकाउने बिश्वास ब्यक्त गरे ।
उनले यो कार्यक्रम हरेक विद्यालयले संचालन गर्नुपर्ने जिकिर समेत गरे
तुलसीपुर वडा नम्बर -६ का वडा अध्यक्ष दुजमान भण्डारीले यो कार्यक्रम अति महत्वपूर्ण र आवस्यक भएको कुरा राख्दै यो गाउँ र टोल सङ समन्वय गरेर वडामा आफुले पनि संचालन गर्ने सोच बनाएको बताए । त्यसका लागि विद्यालयलाई आवश्यक पर्ने सहयोग आफुले गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
महिला अधिकारकर्मी सुष्मा गिरिले डिभाईन टेम्पलले समाजमा राम्रो गरेको संदेश दिदै आको र यश कार्यक्रमले झनै उत्साहीत समेत तर्क गरिन ।
कार्यक्रम डिभाईन एजुकेसन फाउन्डेसनका सस्थापक निर्देशन भोजराज न्यौपानेको अध्यक्षता संचालन भएको थियो भने स्वागत मन्तव्य युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले गरेका थिए ।
कार्यक्रममा छात्राहरुले थारु सास्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रम विद्यालयका प्रीन्सिपल कुलानन्द अधिकारीले संचालन गरेका थिए ।
त्यस अबसरमा डिभाईन एजुकेसन फाउन्डेसनका सस्थापक निर्देशक भोजराज न्यौपानेले किशोरीहरुको आत्मबल बढाउने र अप्ठ्यारो परिस्थितिमा आफ्नो सुरक्षा आफै गर्नसक्ने बनाउन तालिमको आयोजना गरिएको जानकारी गराए ।
उनका अनुसार पहिलो चरणमा कक्षा १० सम्मका १०५ जना किशोरी छात्राहरुलाई यो प्रशिक्षण शुरु गरिएको छ भने दोस्रो चरणमा कक्षा ११/१२ का छात्राहरुलाई यो प्रशिक्षण दिने योजना बनाइएको छ ।
विद्यालयले दक्ष प्रशिक्षकबाट विभिन्न तरिकाहरु तालिममा सिकाउने उनको भनाई छ ।
युथ अफ तुलसीपुरसगको समन्वयमा तालिम सुरु गरिएको हो।