२०८३ जेष्ठ ११ गते सोमवार

पुरन्धारा झरना हुँदै मलै जाने सडक बीचमा पुल बनाउन डीपीआर

तुलुसीपुर,पुस ५ । दाङको बबई गाउँपालिका स्थित पुरन्धारा झरना हुँदै मलै जाने सडकबीचमा पर्ने बबई नदीमा पक्की पुल निर्माण हुने भएको छ ।

त्यसका लागि अहिले डीपीआर निर्माणको काम भइरहेको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सोही सडकको डीपीआरकालागि १५ लाख बजेट बिनियोजन गरेका थिए । सोही बजेटबाट अहिले डीपीआरको काम भइरहेको छ ।

बबईका स्थानीय अगुवा यज्ञ बहादुर वलीका अनुसार सोही पुल निर्माणकालागि स्वाइल टेष्टको काम भएको छ । सोही स्थानमा पुल निर्माण नहुँदा मलै तथा आसपासका बासिन्दालाई निकै समस्या हुने गरेको थियो । त्यसलाई मध्येनजर गरि सोही स्थानमा पुल निर्माण थालिएको अर्थमन्त्री मास्कीले बताए ।

सोही सडकमा पुल निर्माण भएपछि मलैसंगै सिमलकुना,जिलालगायतका बस्तिलाई आवतजावतमा निकै सहज हुने छ । साथै पुरन्धारा झरना हुँदै, मलै,सिमलकुना, जिला जोड्ने सडक स्तरोन्नतीकालागि मन्त्री मास्कीले एक करोड बजेट बिनियोजन गरेका छन् ।

सोही स्थान निकै विकट भएकाले त्यहाँको विकासकालागि आफूले निर्वाचनको बाचा अनुसार बजेट बिनियोजन गरको उनले बताए ।

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *