२०८२ असार ४ गते बिहिवार

आचार्यको स्मृतिमा मैत्रिपुर्ण फुटवल प्रतियोगीता

तुलसीपुर,पुस ४ । दंगाली कम्युनिष्ट आन्दोलनका योद्धा श्रीमणी आचार्यको १६औ स्मृति दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटि दाङले मैत्रिपुर्ण फुटवल प्रतियोगीता सम्पन्न गरेको छ ।

जिल्ला कमिटि अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षता तथा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा अरनिको मैदानमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो ।

प्रमुख अतिथी पाण्डेले कम्युनिष्ट आन्दोलनको एक योद्धा श्रीमणी आचार्यले समाजमा असल ब्यवहार छाडेको हुदा सबैले स्मरण गर्दै आएको चर्चा गरेका थिए ।

सो अवसरमा बोल्ने बत्ताहरुले श्रीमणी आचार्यले समाजमा छाडेको गुणहरुको अनुसरण गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा एमालेका नेता शोभाराम बस्नेत, कांग्रेसका जिल्ला सह सचिव राजु आचार्य लगायतले श्रद्धासुमन ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण सचिव मनोहर बुढाथोकीले गरेका थिए ।

यसैविच मैत्रिपुर्ण खेलमा प्रेस चौतारीको समुह विजेता बनेको थियो । फाईनलमा शिक्षक संघको समुहलाई पेनाल्टी सुटआउटमा ४१ गोलको अन्तरमा पराजित गर्दै चौतारीको समुह विजेता बन्दा संघ उपबिजेतामा सिमीत बनेको हो । त्यस अघि शिक्षक संगठनको समुहले एमालेको समुहलाई पराजित गरेको थियो ।

प्रेस चौतारीको समुहले निजामती कर्मचारीको समुहलाई १० गोल अन्तरले पराजित गर्दै फाईनल पुगेको थियो भने शिक्षक संघले शिक्षक संगठनको समुहलाई हराउदै फाईनल पुगेको थियो ।

प्रतियोगितामा विजेता, उपविजेता र सहभागी समुहलाई प्रमुख अतिथी एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेले प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *