२०८३ भाद्र १२ गते शुक्रवार

देशको आमूल परिवर्तनमा काङ्ग्रेसको भूमिका महत्त्वपूर्ण – जानकीलाल बस्नेत


प्रियास्मृती गजमेर, लमही ,पुस ३ । नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा लुम्बिनी प्रदेश सरकारका प्रमुख राजनीतिक सल्लाहकार जानकीलाल बस्नेतले काङ्ग्रेसले देशको आमूल परिवर्तन गर्नमा खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन ।

काङ्ग्रेसले कार्यकर्तासंगको दुरिलाई सामीप्यता जारि राखेको छ, जहाँका जनता दु:खमा रहेका छन, त्यहाँ पुगेर जनतासंग हातेमालो गरिरहेको छ”- बस्नेतले भने ।
उनले केन्द्रीय तहका नेताहरु अहिले पनि जाजरकोट र रुकुम पश्चिममै खटिनु भएको नेता बस्नेतले बताए ।

अन्य पार्टीले मिसन ८४ भन्दै जनता भड्काउदै हिडेका छन तर हामी भुकम्प पीडित क्षेत्रमा पुगेर घर टहरा बनाउने काममा व्यस्त छौं- उनले भने ।

नेपाली काङ्ग्रेस लमही नगर कमिटीको आयोजनामा चियापान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम बोल्दै प्रमुख राजनीतिक सल्लाहकार बस्नेतले सो कुरा बताएका हुन ।

त्यस अबसरमा गणेश घिमिरे, मेघ बहादुर विसी,पदम पुडासैनी, हल्लु प्रसाद चौधरी, ज्ञान प्रसाद चौधरी, सुलोचना गिरी लगायतले संगठन बलियो गराउन काङ्ग्रेसले भूमिका खेल्न सक्नु पर्ने बताएका थिए ।

अन्य पार्टीले हरेक गाउँ बस्तिमा पुगेर आफ्ना नयाँ नयाँ रणनीति अपनाउदै कार्यकर्ता आफ्नो नजिक बनाई सके काङ्ग्रेस किन सुति रहेको भन्दै प्रश्न गरेका थिए ।

नेतृत्वहरु सक्रिय भएर लाग्नु पर्ने आवश्यक परे आफुहरुलाई पार्टीले जिम्मेवारी दिए कार्यकर्ता माझ जान तयार रहेको उनीहरुको भनाई छ । अझै समय छ, कार्ययोजना बनाएर अगाडी बढ्नु पर्छ, हरेक समयको काङ्ग्रेसले महत्त्व बुझ्नु पर्ने बोल्ने वक्ताहरुको जोड थियो ।

त्यस्तै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमही कोइलाबास सडक फराकिलो गराउने बारे आफुले हुलाकी सडक संग समन्वय गरिरहेको बताए । नगरपालिकाले एक्लै मात्र नीति नियम भन्दा बाहिर गएर काम गर्न नसकिने बताए ।

त्यस्तै नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा लमही नगरपालिका -७ का वडा अध्यक्ष मोहन गिरीले अघिल्लो स्थानीय सरकारको गल्तिका कारण हालसम्म बजार क्षेत्र फराकिलो हुन नसकेको बताए ।

हुलाकी सडकको क्षेत्राधिकार भएको कारण नगरपालिकाले सडक फराकिलो गराउनका लागि अनुरोध मात्र गर्न सकिने बताए। हुलाकी सडकलाई काम अगाडी बढाउनका लागि सहयोग गर्न नगरपालिका तयार रहेको समेत उनको भनाई छ ।

नगर सभापति सन्तोष कुमार बुढाथोकीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जानकीलाल बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी काङ्ग्रेसमा प्रवेश गरेका छन ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *