२०८२ जेष्ठ ३० गते शुक्रवार

हरेक तहमा नीति र नेतृत्व आवश्यक ः पुर्ब प्रधानन्यायाधीश कार्की


तुलसीपुर,पुस २ । पुर्ब प्रधानन्यायाधीश सुशिला कार्कीले हरेक तहमा नीति र नेतृत्व आवश्यक रहेको बताएकी छन् ।

नीति र नेतृत्व तथा स्थानीय शासन र शुसाशन सम्वन्धी अन्तर्रक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानन्यायधीस कार्कीले यस्तो बताएकी हुन् ।

उनले नीति नै कानुन निर्माणको खुट्किलो भएको बताइन् । उनले भनिन्–.‘ नीति नभइ कुनै पनि कार्य सम्पादन गर्न सकिँदैन, त्यसैले नीति नै कानुन निर्माणको खुत्किलो हो ।’

त्यस्तै उनले घोषणा,जनताको आवश्यकताका आधारमा नीति बनाउनु पर्ने र सोही अनुरुप कानुन निर्माण गरी कार्यानन्वय गर्नुपर्ने उल्लेख गरिन् ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना र मेट्रो कलेजको समन्वयमा भएको अन्र्तरक्रिया कार्यक्रममा उनले विचारहरुको छलफल र योजना नै नीति भएकाले हरेक क्षेत्रम नीतिको आवश्यकता हुने जनाइन् ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सहमतीको नाममा लोकतन्त्रलाई उल्झनमा राखिनु गलत भएको बताए ।


त्यस्तै लेखक तथा पत्रकार हरि बहादुर थापाले
बजेट बिभाजनमा भिन्नता र तथ्यांक बोश्लेशणमा ध्यानु दिनुपर्ने बताए । उनले स्थानीय तहमा बनाइएका ऐन-कानुन अक्षरस कार्यान्वयन नभएको तर्क गरे ।

उनले पालिका प्रमुख र वडा प्रमुख बिच मतभेद भएकोले जनताहरुको माग अनुसार कामहरु हुन नसकेको बताए ।


त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका निबर्तमान नगरप्रमुख घनस्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका शासन र सुशासनका हिसाबले अब्बल बन्नुपर्ने र जनतासामु राखिएका एजेन्डाहरु पूरा गर्न तर्फ लाग्नुपर्ने सुझाव दिए ।


कार्यक्रममा तुलसीपुर उपमहागरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिरेन्द्र शाह, वडा नम्बर ११ का वडाध्यक्ष मान वहादुर रावतले स्थानीय तहका जनप्रतिनिधीलाई अधिकार दिएपनि त्यसको प्रयोगका श्रोतसाधन उपलव्ध नभएको भन्दै अधिकार कार्यान्वयमा समस्या रहेको बताएका थिए।


त्यस्तै लेखक तथा पत्रकार सुदर्शन रिजाल,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य देबेन्द्र बस्नेत,अधिकारकर्मी युवा करार,जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारीले लगाएतले स्थानीय तहले बनेका ऐन कानुनहरु कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए ।


उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका प्रबक्ता माधब वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *