२०८३ असार २७ गते शनिवार

नवनिर्वाचित पदाधिकारीलाई बिजौरी उवासंघद्धारा सम्मान

तुलसीपुर,पुस १ । बिजौरी उद्योग वाणिज्य सघंले दाङ उद्योग वाणिज्य सघंका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

सघंले शनिवार दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरामा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।


बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै दाङ उद्योग वाणिज्य सघंका अध्यक्ष बसन्त जोशीले निजी क्षेत्रको प्रर्वद्धन र जिल्लाको विकासका निम्ती स्थानीय निकायसगं समन्वय र सहकार्य गरेर अगाडी बढने बताए ।

त्यस्तै उनले आफ्नो कार्यकालमा आम उद्योगी व्यवसायीहरुको हक हितका लागि कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता समेत जनाए ।


बिजौरी उद्योग वाणिज्य सघंका बरिष्ठ वाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सघंका महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *