२०८३ कार्तिक २५ गते मङ्गलवार

लुम्बिनीमा साझा दलित मोर्चा गठन गर्ने



भालुबाङ,मंसिर २९ । नेपाल दलित मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेश कार्यालयको विस्तारित बैठक लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी भालुबाङ पार्टीको प्रदेश कार्यालयमा सम्पन्न भएको छ ।

नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय उपमहासचिव एवं लुम्बिनी प्रदेश अध्यक्ष कर्मलाल परियारको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश समितिका सचिव कृष्ण अधिकारी प्रकाशको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

बैठकमा प्रशिक्षणको क्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिव कृष्ण अधिकारीले माओवादी आन्दोलनका कारणले दलित समुदायको विगतभन्दा आज परिवर्तन भएको बताउँदै फेरी पनि दलित समुदायको मुक्तिका लागि अझै माओवादी केन्द्रलाई बलियो र सुढृढ बनाउनका लागि अपिल गरे ।

उनले दलित समुदायको मुक्तिका लागि माओवादी आन्दोललनले नयाँ आधारबाट सम्वोधन गरेको बताए । उनले माओवादी पार्टीको आधारभूत संगठन दलित मुक्तिमोर्चालाई प्रभावकारी बनाउँदै लग्नु पर्ने बताए ।

प्रमुख अतिथि अधिकारीले लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग विशेष रुपान्तरण अभियानले पार्टी कार्यकर्ताहरु चलायमान भएको र जनतासंगको समन्ध प्रघात बन्दै गएको बताए । उनले अभियानलाई आवधिक नभएर निरन्तरतामा गति पैदा गर्नुपर्ने बताए ।

बैठकमा नेपाल दलित मुक्तिमोर्चा नेपाल आई.सी.टी. नेपालका केन्द्रीय संयोजक एवं प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्माले वर्तमान समयमा प्रचारको भूमिका र प्रचारले पार्न सक्ने प्रभावका बारेमा आफ्नो धारणा राख्दै जनतालाई सचेतीकरण र प्रशिक्षित गर्नुपर्ने बताए  । 

बैठकमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको सचिवालय सदस्य टोपबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य पुरण केसी लगायतको आतिथ्यतामा सम्पन्न भएको छ । 

बैठकमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका इन्चार्ज र अध्यक्षले रिपोटिङ गरेका थिए ।

जिल्लामा मोर्चाले पार्टीसँगको सहकार्यतामा काममा गति दिएको बताए । बैठकले जिल्लाको बैठक गर्ने, पार्टी सदस्यता विस्तार गर्ने, संगठनको सस्यता विस्तारि गर्ने, राजनीतिक अभियानमा जोडिने निणर्य गरेको छ ।

यस्तै बैठकले लुम्बिनी प्रदेशमा अन्तर राजनीतक दलको साझा मोर्चा गठन गर्ने, नेपाल दलित मुक्ति मोर्चा नेपाल आइ.सी. टि नेपाल लुम्बिनी प्रदेशको गठन बारेमा समेत निणर्य गरेको छ । 

मोर्चाको केन्द्रीय उपमहासचिव एवं प्रदेश समितिका अध्यक्ष कर्मलाल परियारको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिव दुर्गाबहादुर विश्वकर्माले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *