२०८३ कार्तिक २५ गते मङ्गलवार

उद्यमीलाई वित्तीय साक्षरता तालिम

तुलसीपुर,मंसिर २९ । कृषि बन उद्यमी समुहलाई बित्तिय साक्षरता तालिम प्रदान गरिएको छ ।

ग्रिन फाउन्डेशनले तुलसीपुरमा ३ दिने तालिमको आयोजना गरि कृषि बन उद्यमी समुहलाई बित्तिय साक्षरता तालिम प्रदान गरेको हो । उक्त तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दे तुलसीपुर उपमहानगरपालीकाका नगरप्रमुख टिकाराम खड्काले स्थानीय वस्तुको प्रबद्र्धन गर्न ब्यवसायीक तरिकाले अगाडी बढाउन आफु नितीगत रुपमा लागेको बताए ।

उनले स्थानीय उधमीलाई ब्यवसायीक बनाउनका लागि तुलसीपुर उपमहानगरपालिका भित्र प्लाष्टिकजन्य वस्तुलाई बिक्री वितरण गर्न नदिनका लागि तिहार देखि अभियान थालेको बताए ।

तिहारको समयमा प्लाष्टिकका फुल विक्री गर्न नदिई युवा विधार्थीले उत्पादन गरेका फुल खेतीलाई बजारीकरण गर्न प्रोत्साहन गरेको बताए । ब्यवसाय गरेकाहरु पलाएन हुने विदेशिने क्रमलाई रोख्न कृषिजन्य स्थानीय बस्तुलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।


कार्यक्रममा ग्रिन फाउण्डेसनका सचिव शुरेस रावतले नितीगत रुपमा प्लाष्टिकका प्लेट विक्री वितरण गर्न रोक लगाएमा वर्षेनी उधमीले बनाएका डेढ लाख दुना टपरी खपत हुने बताए ।

बजारमा प्लाष्टिकका झोला दैनिक एक लाख विक्री हुने गरेको बताउँदै उनले यसलाई रोक्न सकेमा २ लाख बराबरका विभिन्न कच्चा पदार्थबाट निर्माण झोला बिक्री गर्न सक्ने सम्भावना रहेको बताए । उनले दिगो र सफल उधम बन्न आफ्नै जमिनमा उत्पादित वस्तु उपभोग गर्नुपर्ने उनले जोड दिए ।


त्यस अवसरमा तुलसीपुर वन उधमी सहकारी सस्ंथाका सदस्य आत्मराम धिताल, दुना टपरी उद्योग शान्तिनगरका सन्तोषी चौधरी लगाएतले वित्तीय साक्षरता तालिले आत्मनिर्भर हुन सिकाएको बताए । उक्त कार्यक्रमको शहजीकरण ग्रिन फाउण्डेसनका कोषाध्यक्ष खुमप्रशाद भण्डारीले गरेका थिए ।

तिन दिने तालिमको प्रशिक्षकमा वित्तीय साक्षरता सहजकर्ता दोलखखत्री र जया पाण्डे रहेका थिए ।

स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्दै कृषकहरुलाई उधमी बनाउन सफल भएको ग्रिन फाउण्डेसनले सफल उधमी बन्नका लागि उत्प्रेरणा होस् भन्ने उद्धेश्यले आयोजना गरिएको तालिममा ३० जना उद्यमीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *