२०८२ असार १ गते सोमवार

यात्रुको सहजताका लागि ब्यबसायी गुप्ताले राखे ‘लोकेशन’बोर्ड

तुलसीपुर,मंसिर २९। ब्यबसायी विशाल गुप्ताले तुलसीपुरको घोराही रोड चोकमा ‘लोकेशन’बोर्ड राखेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले बोर्ड राख्ने विषयमा ६ बर्षदेखि कुनै चासो नदेखाएपछि आफ्नो ब्यक्तिगत लगानीमा लोकेशन बोर्ड राखेको बताए ।

‘धेरै यात्रुहरुले कुन ठाउँ कहाँ पर्छ भन्ने थाहा पाउँदैनन’,उनले भने‘ धेरैले सोध्ने गर्छन्, तर, एउटा लोकेशन बोर्ड राखेपछि त्यही हेरेर यात्रुहरुलाई सहज होला भनेर मैले आफ्नै लगानीमा बोर्ड राखेको हुँ ।’

यस अघिका नगरप्रमुख घनश्याम पाण्डेले ६ बर्ष अघि नै यो कुरा आफूले जानकारी गराएको गुप्ताले बताए ।

त्यसपछि पनि हालका नगर प्रमुख टिकाराम खड्कालाई यो विषयमा जानकारी गराएको भएपनि आफूसंग समय नभएको भन्दै कुरा समेत नसुनेको उनको गुनासो गरे । सरकारले नै नसुनेपछि आफैले यो कार्य गरेको उनले बताए ।

उनको तुलसीपुरको घोराही रोड चोकमा पानीपुरी पसल छ । धेरै यात्रुहरुलाई आफूलाई लोकेशन सोधेर हैरान बनाएपछि सहजताका लागि उक्त बोड राखेको बताए ।

सोही बोर्डमा तुलसीपुरका मुख्य-मुख्य स्थानको लोकेशन राखिएको बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *