२०८२ असार ६ गते शनिवार

टरिगाउँ एयरपोर्टको जग्गा कति छ ?

अहिले कस्ले र किन नाप्ने लगाए

तुलसीपुर , मंसिर २८ । दाङस्थित टरिगाउँ एयरपोर्टको जग्गा नापेर छुट्याइएको छ । पछिल्लो पटक गरिएको नापबाट एयरपोर्टको तारबार भित्रको जग्गा ३८ विगाहा १० कट्ठा १२ धुर रहेको पुष्टि भएको छ ।


चार दिनसम्म गरिएको जग्गा नापेर एयरपोर्टको बास्तबिक जग्गा छुट्याइएको नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि बिमल रिजालले फरककोणलाई बताए ।


दुई हप्ता अगाडि एयरपोर्टको बास्तबिक जग्गा पत्ता लगाउन नापजाँच सुरु भएको थियो ।

नेपाल नागरिक उड्यन प्राधिकरण दाङका प्रमुख चेतराज भट्टका अनुसार दाङ एयरपोर्टको क्षेत्रफल यसअघिकै लालपूर्जामा उल्लेख भए अनुसार पाइएको फरककोणलाई बताए ।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक गिरीको पहल र अनुरोधमा एयरपोर्टको जग्गा नाप्ने काम पुरा गरिएको काँग्रेस महाधिबेशन प्रतिनिधि रिजालले जानकारी दिए ।

प्रमुख भट्टका अनुसार यसअघि पनि स्थानीय प्रशासनबाट एयरपोर्टको बास्तबिक जग्गा कति हो ? भनेर नाप जाँच गरि पठाउन पत्राचार भएको थियो ।

त्यसैका आधारमा नापी कार्यालय तुलसीपुरलाई पत्राचार गरि त्यहाँका कर्मचारी खटाई चार दिनसम्म एयरपोर्टको जग्गा नापजाँच गरि सकेको उनले बताए ।
झाडीका कारण नाप जाँचमा समस्या भएपछि तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले झाडी फाँड्न दुई दिन डोजर र बाँकी दुई दिन झाडी फाँड्ने मानिसहरुको खर्च ब्यक्तिगत रुपमा बेहोरेको नागरिक उड्यन दाङका प्रमुख भट्टले जानकारी दिए ।

पछिल्लो समय टरिगाउँ एयरपोर्ट बिस्तारको कुरा चल्दै आएपनि बिस्तारको काम भने हुन सकेको छैन ।

रिजाल उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा बिगतमा बन्द अवस्थाको टरिगाउँ एयरपोर्टमा बिमान संचालन गर्न बिषेश पहल गरेका थिए ।


तुलसीपुर उद्योग वाणिज्य संघ र यसअघिका मेयर घनश्याम पाण्डे हुँदासम्म टरिगाउँ एयरपोर्टको पक्षमा धेरै सकारात्मक कार्यहरु भएको मान्न सकिने बाणिज्य संघका महासचिव केसीले बताए ।


बन्द एयरपोर्टमा बिमान सेवा नियमित गराउन, पछिल्लो समय थपिएको इन्धन भर्ने बाउजर तथा रिफिलिङ सेन्टर स्थापना हुनु त्यसैको परिणाम मान्नु पर्ने उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका – १२ टरिगाउँमा पर्ने ‘टरिगाउँ एयरपोर्ट’ बिक्रम संवत २०११ सालमा स्थापना भएको थियो । धावन मार्ग घाँसे मैदान छँदै २०४२ सालसम्म नियमित बिमान संचालन भएको थियो।


त्यसपछि २०६० सालमा तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगपति उत्तमकुमार श्रेष्ठ आएपछि गौचरण बनिसकेको एयरपोर्टमा फेरि सेवा सुरु भएको थियो ।

२०६० देखि सुरु भएको बिमान सेवा २०६६ सालसम्म नियमित चलेको थियो । फेरि २ बर्ष सेवा बन्द भयो । २०६८ देखि ०७९ सम्म एक बर्ष बिमान आयो ।

त्यसपछि भने बिमानस्थलको धावनमार्ग कालो पत्रे गर्नका लागि बिमानस्थल बन्द गरिएको थियो । १० करोड बढीको टेन्डर आह्वान भएपनि निर्माण ब्यबसायी कान्छाराम लामाले साढे ८ करोडमा टेन्डर पारेका थिए ।

त्यतिबेला साढे सात सय मिटर लम्बाई र ३० मिटर चौडाइमा बिमानस्थलको उत्तर – दक्षिण खण्डमा कालोपत्रे गरिएको थियो । कालोपत्रेको काम सकिएपछि २०७२ साल यता बिमान सेवा नियमित जस्तो रहेको छ ।

टरिगाउँ एयरपोर्ट बाट हाल हप्ताको तीन दिन आइतबार, मंगलबार र सोमबार बिहान आठ बजेदेखि ११ बजेसम्म प्लेनले उडान भर्दै आएको छ ।


जम्मा ७५० मिटर लम्बाई र ३० मिटर मात्रै चौडाइको धावन मार्ग भएका कारण यो एयरपोर्टमा साना १९ सिटे टिव्न्टर बिमान मात्रै अवतरण गर्न सक्छन् । त्यही कारण झन्डै एक सय २० किलोमिटर टाढाको बाँकेस्थित राँझा बिमानस्थल भन्दा भाडा दर निकै चर्कौ छ ।

नेपाल नागरिक उड्यन प्राधिकरण दाङका प्रमुख चेतराज भट्टले एयरपोर्टको जग्गा कति हुनुपर्छ भन्ने कुरा प्राबिधिक पाटो भएपनि दाङ एयरपोर्टको धावन मार्ग बिस्तार गरि १३०० मिटरसम्म पु¥याउन सकेमात्रै ४५ देखि ७० सिटसम्मका एटिआर बिमान अबतरण गर्न सक्ने हुने छ ।

तर, बिमल रिजालले भने थप पाँच सय मिटर धावन मार्ग बिस्तार गरे एटीआर जहाज सहजै अबतरण गर्न सक्ने बताए ।


२०७८ को अन्त्यतिर पहिलो पटक यो एयरपोर्टमा बिमानमा इन्धन भर्ने बाउजर (रिफ्यूलिङ) मेसिन आइपुगेको थियो ।

प्राधिकरणले उक्त उपकरण फिर्ता लैजान खोजेपछि त्यसको चर्कौ बिरोध मात्रै भएको थिएन उपमेयर श्यानी चाधरी, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव बिनिल केसी, तुलसीपुर – १२ का वडाध्यक्ष खुसीराम चौधरी लगाएतको नेतृत्वमा एयरपोर्ट भित्रको बाउजर राखेको घरमा तालाबन्दी गरिएको थियो । त्यसपछि भने बाउजर एयरपोर्टबाट अनेत्र लैजाने प्रयास बन्द भएको हो ।


हालसालै टरिगाउँ एयरपोर्टमा झन्डै एक करोड २५ लाख लागतमा नयाँ टावर निर्माण कार्य पुरा भइ सकेको छ ।


दशैं अगाडि नै टावर निर्माण कार्य पुरा भइ सकेको छ। तर त्यो उद्घाटन हुन भने बाँकी छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *