२०८२ असार १ गते सोमवार

प्युठानमा विवाहकै गाडीले जन्तीलाई किच्दा वडा सदस्य नेपालीको मृत्यु

पाँचजना घाइते

प्यूठान,मंसिर २८ । प्यूठानको मल्लरानी गाउँपालिका -३ मा विवाहकै गाडीले जन्तीलाई किच्दा मल्लरानी–३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको छ ।

जिल्लाको ऐरावती गाउँपालिकाको बरौलाबाट सदरमुकाम खलंगातर्फ जाँदै गर्दा लु ३ च ६८४७ नम्बरको स्कारिपयोको टायर पन्चर भएर जन्तीलाई नै किचेको थियो ।

घरनजिकै नाँचगान गर्दै दुलही लिन जान तयारीमा रहेको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *