२०८२ असार ५ गते शुक्रवार

तुलसीपुरका १३ बर्षे युवराज वली दुई दिनदेखि बेपत्ता

तुलसीपुर,मंसिर २७ । तुलसीपुरका एक बालक दुई दिनदेखि बेपत्ता रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका – ५ विशालनगरका १३ बर्षीय युवराज वली दुई दिनदेखि सम्पर्क बिहीन रहेका छन् ।

छोरा बेपत्ता भएपछि अभिभावकले खोजी गरिदिन आग्रहका साथ इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवदेन दिएका छन् ।


इलाका प्रहरी कर्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नबचन्द्र मल्लले बुधबार दिउँसो अभिभावक आएर छोरा खोजी गरिदिन आग्रहका साथ महिला सेलमा निबेदन दिएको जानकारी दिए ।


घर परिवारका अनुसार बालक युवराज टिउसन पढ्न भनेर बिहान साढे ५ बजे घरबाट निस्किएका थिए ।

त्रिदेव बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्यनतर बालक युवराज दिदी संगै साढे ५ बजे टिउसन पढ्न भनेर गएको भएपनि स्कूल नगई बेपत्ता भएको आमा सीता वलीले जानकारी दिइन ।


‘दिदी भाइ संधै संगै टिउसन जाने गर्थे र हिजोपनि त्यसै गरे,’ सिताले भनिन् ‘ तर, ऊ स्कूल नै नगरको पाइएको छ ।’
छोरा युवराजले घरमा रहेको १४÷ १५ हजार रुपैंयापनि लगेको आमा सीताले जानकारी दिइन ।

युवराजका बुवा मोहविर बिहीबार बिहानै खोजीका लागि भनेर काठमाडौं तर्फ लागेको आमा सीताले बताइन ।

छोरा युवराजलाई कतैदेखि नजिकको प्रहरीमा खवर गरिदिन वा आफ्नो मोवाइल नम्बर ९८२२९६७६२६ मा फोन गरि सहयोग गर्न आमा सीताले आग्रह गरेकी छिन ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *