२०८३ असार २७ गते शनिवार

लमहीमा २ सय २० घरमा टिनको छाना लगाउने काम सम्पन्न


प्रिया स्मृती गजमेर,दाङ,मंसिर २७ । नेपाल सघन शहरी तथा भवन निर्माण योजनाको आर्थिक सहयोगमा लमही नगरपालिकाबाट संचालित खरको छाना युक्त अभियान अन्तर्गत लमही नगरपालिका भिय्त्र दुई सय वीस वटा घरमा टिनको छाना लगाउने कार्य सम्पन्न भएको छ ।

तीन वर्षको अवधिमा २ सय २० वटा घरमा टिनको छाना लगाउने कार्य सम्पन्न भएको लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोख्रेलले जानकारी दिए ।

वडा नम्बर १ देखि ९ नम्बर सम्म १ हजार घरमा छाना लगाउनु पर्ने छ, जसमध्य २ सय २० घरमा टिन लगाएर सकिएको छ भने ७ सय ८० घरमा टिन लगाउने कार्य भैरहेको छ

टिन लगाउन बाँकी रहेका घरमा काम के कति भैरहेको छ भनेर हामीले निरन्तर अनुगमन र छिटो काम सम्पन्न गर्न भनिराखेका छौ,प्रमुख पोख्रेलले भने ।

सरकारले विपन्न, असहाय र सिमान्तकृत समुदायहरूको पहिचान गरि उनीहरुको घरमा टिनको छाना लगाएर खरको छानालाई विस्थापित गर्ने लक्ष्य लिएको छ ।

सोहि अनुसार नेपाल सघन शहरी तथा भवन निर्माण योजनाको आर्थिक सहयोगमा लमही नगरपालिका भित्र बसोबास गर्ने विपन्न, असहाय र सिमान्तकृत समुदायहरूको घरमा खरको छाना हटाएर टिनको छाना लगाउने काम भैरहेको हो ।

बितेको तीन वर्षमानेपाल सघन शहरी तथा भवन निर्माण आयोजनाले प्रति घरका लागि ५० हजार रुपैयाँ विनियोजन गरेको थियो, अब यस आर्थिक वर्ष २०८०/८१ बाट प्रति घर ७५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *