२०८१ बैशाख १३ गते बिहिवार

युक्रेनी सेनाको कब्जामा रहेका तुलसीपुरका प्रतीकको घरमा पुग्दा …

तुलसीपुर,मंसिर २६ । दाङ तुलसीपुर उपमहानगरपालिका – १९ बिजौरीका २३ वर्षीय प्रतीक पुनले तुलसीपुर स्थित हिमाल एकेडेमीबाट कक्षा १२ उत्तिर्ण गरे । निम्न वर्गिय परिवारका पुनले आर्थिक अभाबका कारण उच्च शिक्षा पढ्न पाएनन ।

बुबा ताराप्रसाद पुनको मृगौला रोगका कारण मृत्यु भएको बर्ष दिन पुगि सकेको छ । उनको अघिल्लो साउनमा मृत्यु भएको थियो ।

ताराप्रशादको उपचारमा पुन परिवारले लाखौं खर्च गर्नु प¥यो । यो परिवारमा ऋण थपिनुको कारण त्यो पनि हो ।

घर मुलीको निधन पछि प्रतीकको कलिलो काँधमा परिवारको ठूलो जिम्मेवारी आइप¥यो । प्रतीक परिवारका एक्ला छोरा जो थिए ।

बुबाको उपचार गर्दा लागेको ऋण र घर बनाउँदा लागेको ऋण मामा तथा आफन्तलेहरूले दिएका थिए । त्यही ऋण तिर्णकै लागि उनी पोर्चुगल जान खोजे । तर, त्यही बेला उनका बुवा बिते र प्रतीक त्यहाँ जाने सपना तुहियो ।

अर्कौ तर्फ साहुहरु दिनहुँ घरमा आइ रहन्थे । चिनजानकै कसैले उनलाई रुसमा पोर्चुगल भन्दा राम्रो कमाइ हुने आश्वासन बाँडे । ती तुलसीपुरकै थिए ।

तर, परिवार आज ती को थिए ? भन्ने बारे अनजान छन् । सबै कुरा एजेन्टको योजना अनुरुप प्रतीकले गोप्य राखे ।

बहिनीलाई काठमाडौं पुगेपछि एजेन्टका बारेमा भन्छु भने तर भनेनन् । आमालाई पनि त्यही वाचा गरेका थिए तर भनेनन् ।

सुरुमा स्टुडेन्ट भिसामा रुस पुगेका उनले पढ्दै कमाउँदै गरे । त्यो बीचमा उनले एक लाख रुपैंया घर पठाए ।

त्यही बीचमा प्रतीकलाई कसैले पैंशा कमाउने सजिलो उपाय भनेको रुसी सेनामा भर्ती हुनु पर्छ भन्ने कुरा गरिदिए । ऋणको भारले थिचिएका प्रतीक त्यो बाट पार पाउन चाहान्थे ।

त्यसैले उनी तीन महिना पहिले घर परिवारलाई थाँहा नै नदिएर रुसी सेनामा भर्ती भइ सकेका थिए ।

ज्याला मजदुरी गरि जिविको पार्जन गर्दैै आएकी प्रतीककी आमा तिलकुमारीपनि छोरा रुस पुगेपछि राम्रो कमाइ गर्ला भन्ने ठूलो आशामा थिइन ।

छोराले एक लाख पठाएपछि उनले ज्याला मजदुरीको काम तीन महिना अगाडि छोड्नुको कारणपनि त्यही थियो ।

तर, दुभाग्र्य, प्रतीक रुसी सेनामा भर्ती भइ लड्दै गर्दा छिट्टै युक्रेनी सेनाको कब्जामा परे । एक हप्ता पहिले उनी कब्जामा परेपनि आइबार मात्रै उनका दिदी बहिनी र आमाले प्रतीकले त्यसबारे बोलेको भिडियो देख्न पाए ।

जब उनीहरुले त्यो भिडियो हेरे त्यसयता उनीहरुको आँखाका आँशु थामिएका छैनन् । ती साउने झरी जस्तै छन् ।

पनु परिवार यतिखेर निकै बिचलित छ । आमा तिलकुमारीले त्यो भिडियो हेरेदेखी खाना खाएकी छैनन् ।

आमा तिलकुमारी र दिदी बहिनीहरु प्रतीको उद्धारको लागि रातदिन पुकारा गरि रहेका छन् ।

कालोखोला माविमा कक्षा ९ मा अध्यनरत प्रतीककी कान्छी बहिनी बिपनाले जसरी हुन्छ आफ्नो परिवारको एक्लो दाजुको उद्धार गरिदिन आग्रह गरिरहेकी छन् ।


पुन परिवारका दुई छोरीहरु मध्य जेठीको कपुरकोटमा र माइलीको गाउँमै बिहे भएको छ ।

एक साताअघिको कुराकानीमा उनले केही दिनमै तलब आउने र घरमा पठाउने आमा तथा बहिनीलाई बताएका थिए ।

‘एक साता पहिले छोराले पैसा पठाउछु भनेर कुरा गरेको थियो,’ उनले भनिन् ‘अहिले छोरा युक्रेनी सेनाको नियन्त्रणमा छ भन्ने भिडियो हेर्दा आँफुलाई सम्हाल्न मुस्किल भइ रहेको छ ।’


पुनको घरमा अहिले खानाका लागि कुनै अन्न पात समेत छैन । ग्यास सकिए पछि सोमबार दाउरा बालेर यो परिवारले खाना पकाए पनि दिउँसो १ बजेसम्म खाना खाएको थिएन ।

तस्बिर : फरककोण ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *