शान्तिनगर, मंसिर २६ । शान्तिनगर गाउँपालिकाले भुमिहिन सुकुम्बासीलाई अस्थायी लालपुर्जा (रातो पुर्जा) वितरण गर्न सुरु गरेको छ ।
पहिलो चरणमा पालिकाले वडा नं. २ का सुकुम्बासीलाई अस्थायी लालपुर्जा दिएको हो । लाल पुर्जा भएपछि स्थानीय हर्षित भएका छन् ।
मंगलबार वडा नं २ का वडा अध्यक्ष सुनिल ओलीको अध्यक्षता तथा पालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवं पालिका उपाध्यक्ष प्र्मा कुमारी बुढाथोकीको विशिष्ट आतिथ्यतामा ७५८ जना भुमिहिन सुकुम्बासीलाई अस्थायी निस्सा वितरण गरिएको हो ।
अस्थायी निस्सा पाएसंगै स्थानीय कर्णसिङले अध्यक्ष प्रमोद बस्नेतलाई धन्यवाद दिएका थिए । आफुले चुनाबमा गरेको बाचा अनुसार चाडै रातो लालपुर्जा स्थानीयलाई दिलाउने अध्यक्ष बस्नेतले बताए ।
यसैगरि पालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ नं वडाका भुमिहिन सुकुम्बासीलाई पनि चाडै अस्थायी निस्सा वितरण गरिने अध्यक्ष बस्नेतले बताए ।