तुलसीपुर,मंसिर २६ । सवारी दुर्घटना न्यूनीकरण गर्न दाङमा ट्राफिक प्रहरीले सवारी साधनमा ‘रिफ्लेक्टर स्टिकर’ (टल्कने वस्तु ) टाँस्ने शुरु गरेको छ ।
जाडो समय बढेसँगै अब बाक्लो हुस्सु लाग्ने हुँदा दुर्घटना हुनसक्ने भन्दै सवारी सधानमा रिफ्लेक्टर टाँस्ने शुरु गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख बरिष्ठ सई ईश्वरी देवकोटाले बताए ।
उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशन अनुसार तुलसीपुर क्षेत्रमा यो अभियान शुरु गरिएको हो ।
बाक्लो हुस्सु र रातिको समयमा सवारी साधन स्पष्ट नदेखिँदा दुर्घटना हुनसक्ने भन्दै रिफ्लेक्टर टाँसेपछि परबाटै लाइट पर्दा टल्कने हुँदा दुर्घटनामा कमी उनको भनाइ छ ।
टल्किएर परबाटै प्रस्ट देखिने हुनाले सवारीसाधनमा ‘रिफ्लेक्टर राख्दा दुर्घटना न्यूनीकरणमा मद्दत समेत उनले बताए ।
यस्तै जिल्लाका सबै ठाउँका सवारी साधनमा रिफ्लेक्टर लगाउने काम भइरहेको भन्दै उहाँले शुरुमा आफूले जनचेतना गराउँदै रिफ्लेक्टर टाँस्ने , नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनमा नम्बर लेख्ने लगाउने समेत बताए ।
यदि प्रहरीले चेकजाँचको क्रममा त्यसो नगरेको पाइएमा कारबाही गर्ने समेत उनले बताए ।
रिफ्लेक्टर विशेष गरी टिपर, ट्याक्टर, साइकल जस्तामा लगाउनु पर्ने समेत उनले बताए । तुलसीपुरमा सोमबार दाङ सुर्खेत सडक खण्डमा टासिएको थियो ।