२०८१ बैशाख ११ गते मङ्गलवार

नगर प्रहरी र चालक माथि हातपात गर्ने विरुद्ध मुद्दा

दाङ,मंसिर २५ । नदीजन्य पदार्थ नियन्त्रण गर्न गएका लमही नगरपालिकाका नगर प्रहरी छवि चौधरी, विनोद शर्मा र चालक मेघराज गिरीमाथि हातपात गर्नेविरुद्ध प्रहरीले मुद्दा चलाएकाे छ ।

लमही नगरपालिका- ४ स्थित बुटकाैवा राप्ती घाटमा राती आठ बजे बालुवा चोरी गर्दै गरेको रा १ त ४४३४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिन खाेज्दा उनीहरूमाथी हातपात भएपछि हातपात गर्नेहरूकाे पहिचान गरेर अभद्र व्यवहार शीर्षकमा प्रहरीले मुद्दा चलाएको छ ।

गढवा गाउँपालिका- ५ का मनिराम चौधरी, सन्दीप चौधरी, संजिप चौधरी र निरज चौधरीलाई अभद्र ब्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *