२०८१ बैशाख १२ गते बुधवार

एक टिप्परले अर्को टिप्परलाई ठक्कर दिदा सहचालक गम्भीर घाइते

तुलसीपुर, मंसिर २४ । घोराही उपमहानगरपालिका – १ हर्नौकमा एक टिप्परले अर्को टिप्परलाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन् ।


चुन ढुंगा बोकर घोराही तर्फ आइ रहेका टिप्पर मध्य रा १ ख २२५४ नम्बर टिपरले अगाडि गुडिरहेको रा १ क १२७४ नम्बरको टिपरलाई सिधा पछाडिबाट ट्रलीमा ठक्कर दिएको थियो ।


ठक्कर दिने टिप्परका सहचालक घोराही उपमहानगरपालिका – ३ का १९ बर्षीय अलोक चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले बताए ।


साढे सात बजेतिर भएको उक्त दुर्घटना पछि च्यापिएका सहचालक चौधरीलाई निकाल्न एक घन्टा बढी समय लागेको प्रहरीले जानकारी दिएको छ ।


च्यापिएका सहचालकलाई निकालेर दुर्घटनाको डेढ घन्टा पछि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पु¥याइ सकिएको डिएसपी मल्लले बताए ।


मल्लका अनुसार घाइते चौधरीका दुबै खुट्टा अगाडि बाट च्यापिएको हुँदा खुट्टा पिसिएका छन् ।


दाङको घोराही–मुर्कटी सडक खण्ड अन्तरगत हर्नौकको वरालोमा भएको उक्त दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *