२०८३ कार्तिक २५ गते मङ्गलवार

महिला हिंसा रोक्न महिला पुरुष दुबैको हात रहन्छ : उपप्रमुख योगी

प्रिया स्मृती गजमेर,लमही,मंसिर २४ । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने मुल नाराका साथ शुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन भएको छ ।

कार्यक्रममा बोल्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले लैंगिक हिंसा रोक्नमा लागि महिला पुरुष दुबैको हात हुने बताइन । यो हिंसालाई निर्मुल पार्नका लागि साझा मुद्दा बनाएर अगाडी बढ्नु पर्छ, महिलाले एक्लै चाहेर मात्र सफल हुँदैन यो विषयमा पुरुषले पनि सक्रियता देखाइ दिनु पर्छ”- उपप्रमुख योगीले भनिन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले हिंसाको अन्त्य गर्नका लागि आफैबाट शुरूवात गर्नु पर्ने कुरामा जोड दिए।

अहिले पनि महिला र बालबालिकाको सवालमा उनिहरु माथी हिंसा अझै बढ्दो रुपमा रहेको र हिंसाको प्रकार फरक हुँदै गएपनि पीडा एउटै भएको सहभागीहरुको भनाई छ ।

स्वास्थ शाखा प्रमुख नारायण प्रसाद शर्माले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी मेनका खड्काले गरेकी थिइन् ।

देउखुरी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष गोमा बस्नेत, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य लगायतले बोलेका थिए

त्यस्तै बाल दिवसका अवसरमा आयोजित गरिएको वक्तृत्वकला कार्यक्रममा उत्कृष्ट भएका चारजना छात्र र चार जना छात्रा गरि आठ जनालाई नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *