२०८१ बैशाख १० गते सोमवार

सन्दीप विरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

काठमाडौँ,मंसिर २४ । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपसम्बन्धी मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आइतबारका लागि तोकिएको पेशी स्थगित भएको छ ।

लामिछानेकाे पक्षबाट वकालत गरेका वरिष्ठ कानुन व्यवसायी अदालतमा उपस्थित हुन नसकेको भन्दै सुनुवाइ स्थगित भएको हाे ।

लामिछानेको पक्षबाट वकालत गरेका वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा र शम्भु थापालगायत चितवनमा रहेकाले सुनुवाइ स्थगित भएको लामिछानेको पक्षबाट वकालत गरेका कानुन व्यवसायी मुरारी प्रसाद सापकोटाले जानकारी दिए । अर्को पेसी कहिले हुने भन्ने यकिन छैन

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *