बर्दिया,मंसिर २४ । स्रोत नखुलेको २९ तोलाभन्दा बढी सुनसहित दुई जनालाई शनिबार पक्राउ गरेको छ ।
पक्राउ गरिएका दुई जनासहित सुन र प्रयोग गरिएको सवारी साधन आइतबार प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका–१९ राझाका २९ वर्षीय मोहन विक र कार चालक बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवाका ३८ वर्षीय देवेन्द्रबहादुर घर्ती रहेको प्रहरी उपरीक्षक सुधीरराज शाहीले जनाए ।
उनीहरुलाई सुनका गरगहनासहित प्रदेश ३–०१–०२३–८१६८ नम्बरको हुण्डाई कारसहित पक्राउ गरिएको छ ।
ईलाका प्रहरी कार्यालय बगनाहा, मोतीपुर र कतरनियाको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गमा जाँच गर्दा गरगहना बरामद गरिएको प्रहरी उपरीक्षक शाहीले जनाए ।
प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, राजापुरमा पक्राउ परेका मानिससहित गरगहना र कार बुझाएको जनाएको छ ।